इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिमा प्रतिबन्ध

काठमाडौं । औषधि व्यवस्था विभागले इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो । विश्व स्वास्थ्य संगठनले जाम्बिया तथा इन्डोनेसिया लगायतका देशमा इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएको औषधि खाँदा धेरै बालबालिकाको मृत्यु भएको थियो ।
विश्वस्वास्थ्य संगठनको रिर्पोटमा उक्त विषाक्त रसायनयुक्त मिसावटका कारण बालबालिकाको मिर्गौलामा गम्भीर प्रतिअसर दुष्प्रभाव भई मृत्यु भएको दावी गरिएको छ । ती रसायनहरु भारतको माइडेन फर्मास्युटिकल्स लिमिडेट हरियानाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरफ, म्याकअफ वेवी कफ सिरफ, र मागरिप एन कोल्ड सिरफ रहेका छन् ।
प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिन, ग्लासिरोल जस्ता सहायक कच्चा पदार्थहरु प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो ।