प्याब्सन अध्यक्षमा केसी निर्वाचित

२०७० फाल्गुन २५ गते, आईतवार

काठमाडौँ, २५ फागुन । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को बाह्रौँ राष्ट्रिय महाधिवेशनले लक्ष्यबहादुर केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।गएराति सम्पन्न निर्वाचनको मतगणनामा केसीले एक हजार नौ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्याशी टिआर ढकालले २४३ मत प्राप्त गरेका थिए ।वरिष्ठ उपाध्यक्षमा विजय सम्वाहाम्फे, महासचिवमा डिके ढुङ्गाना र कोषाध्यक्षमा ईश्वरबहादुर गुरुङ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।महाधिवेशनको पारित घोषणापत्रहरु छिट्टै सार्वजनिक गरिने महासचिव ढुङ्गानाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार