उपत्यकामा मेलम्चीको खानेपानी वितरण गरिदै

२०७९ मंसिर २३ गते, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आजदेखि पुनः वितरण गरिने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालबाट पानी पुनः वितरणको सुरुवात गर्दै छन् । गत जेठ मध्यदेखि रोकिएको पानी ६ महिनापछि उपभोक्ताका घरघरमा पठाइन लागेको हो । आगामी वर्षायामसम्म मेलम्चीको पानी नियमित रुपमा वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । २०७७ साल चैतमा पहिलो पटक मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिएको थियो । तर सोही वर्ष जेठ मसान्तमा मेलम्ची खोलामा गएको बाढीले मुहान लगायतका संरचनामा ब्यापक क्षति पुर्याएपछि पानी वितरण रोकिएको थियो । गत चैतमा अस्थायी संरचना बनाएर पुनः पानी ल्याइएको थियो । तर जेठकाे मध्यदेखि पानी फेरी बन्द गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु