एमाओवादीभित्र अन्तर संघर्ष चुलिँदै

२०७० फाल्गुन २६ गते, सोमबार


काठमाडौं। एमाओवादीभित्र फेरी अन्तरसंघर्ष चुलिएको छ । निरन्तरको अन्तरसंघर्ष , गुटबन्दी र विवाद केही समय साम्य जस्तो भएपछि गुटको समस्या पुनः भुसे आगो झै फैलिएको छ ।पछिल्लो समय एमाओवादी नेता डा. बाबुराम भट्टराईले आफ्नो समूहका जिल्ला संयोजकहरुलाई डाकेर छुट्टै भेला राख्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले पदत्याग गर्नु पर्ने प्रस्ताव राखेको राखेको बताइएको छ ।बाबुराम समूहले गोप्य भेला डाकेको थाहा पाएपछि अर्को पक्ष निकै आक्रोशित बनेको छ । भट्टराई समूहको भेलालाई पार्टी भित्रको रोगको संज्ञा दिँदै पार्टी प्रवक्ता दीनानाथ शर्माले एकातिर गुट अन्त्य गर्ने भन्ने र्ओेतिर भेला गर्दै हिड्नुले पार्टीलाई राम्रो नगर्ने बताएका छन् ।
भट्टराई समूहको भेला प्रति नेता नारायणकाजी श्रेष्ठले अनभिज्ञता प्रकट गरे । उनले आफूलाई भेलाको विषयमा थाहा नभएको र थाहा नभएको विषयमा टिप्पणी गर्न उचित नहुने प्रतिक्रिया दिएका छन् ।उता आफ्नो समूहको भेलालाई नेता भट्टराईले भने गुटगत भेला नभएको बताएका छन् । भट्टराईका अनुसार भेला सामान्य भेटघाट हो, गुटगत छलफल होइन ।

प्रतिक्रियाहरु

[anycomment]