प्लस-टू का विद्यार्थीलाइ सवारी चलाउन रोक
काठमाडौं, २६ फागुन। चितवनमा प्लस-टू अध्ययनरत विद्यार्थीको लागि मोटरसाइकल तथा स्कुटर चलाउन रोक लगाइएको छ ।पछिल्लो समय हुने गरेको सवारी दुर्घटनामा उच्चमाध्यमिक तहमा अध्ययनरत विदार्थीको संख्या बढी पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले प्लस-टू अध्ययनरत विद्यार्थीलाई सवारी चलाउन रोक लगाएको हो ।उच्चमाध्यामिक तहमा अध्ययनरत विद्यार्थीले सवारी चालक अनुमतिपत्र लिएर सवारी चलाएपछि उनीहरुलाई कारबाही गर्ने ट्राफिक प्रहरी चितवनले जनाएको छ ।