बाबा रामदेवसहित १६ भारतीय कम्पनीको औषधि नेपालमा प्रतिबन्ध !

२०७९ पुष ६ गते, बुधबार


काठमाडौं । औषधि विभागले बाबा रामदेवको कम्पनी दिव्या फार्मेसीसहित १६ भारतीय औषधि कम्पनीलाई कालोसूचीमा राखेको छ । यी कम्पनीहरूले विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्ड पालना गर्न असफल भएको खुलेको हो । औषधि विभागले यी औषधि आपूर्ति गर्ने नेपालका स्थानीय प्रतिनिधिलाई तत्काल प्रभावबाट फिर्ता लिन भन्दै सूचना जारी गरेको छ । ती औषधि नेपालमा पैठारी गरी वितरण गर्न नपाइने कुरा सूचनामा उल्लेख छ । विभागले औषधि कम्पनीका कारखानामा औषधि निरीक्षकको टोली समेत पठाएको थियो ।
दिव्या फार्मेसीसहित सूचीमा रेडियन्ट पेरेन्टेरल लिमिटेड, मर्करी ल्याबोरेटरीज लिमिटेड, एलायन्स बायोटेक, क्याप्टाब बायोटेक, एग्लोमेड लिमिटेड, जी ल्याबोरेटरीज, ड्याफोडिल्स फार्मास्युटिकल्स, जीएलएस फार्मा, युनिजुल्स लाइफ साइन्स, कन्सेप्ट फार्मास्युटिकल्स, श्री आनन्द लाइफ साइन्स, आईपीसीए प्रयोगशाला, क्याडिला हेल्थकेयर, डायल फार्मास्यूटिकल्स र म्याकुर प्रयोगशालाहरूमाथि पनि प्रतिबन्ध लगाइएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु