अस्थायी शिक्षकको माग प्रति सरकार उदासीन

२०७० फाल्गुन २७ गते, मंगलवार


काठमाडौँ, २७ फागुन । अस्थायी शिक्षकले विगतमा गरिएका सहमतिको कार्यान्वयनको माग राख्दै ८३ दिन अघिदेखि रिले अनशन जारी राख्दै आएपनि सरकारले त्यसप्रति सुनुवाइ नगरेको शिक्षकले गुनासो गरेका छन् ।काठमाडौँको शान्ति बाटिकामा लामो समयसम्म जायज मागसहित अनशन जारी राखिए पनि त्यसप्रति सरकार उदासीन रहेको उनीहरुको गुनासो छ ।
प्रत्येक दिन तीन जनाको सङ्ख्यामा अहिलेसम्म २४९ जना अस्थायी शिक्षक अनशनमा सहभागी भइसकेको अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष निरेन्द्र कुँवरले जानकारी गराए ।अस्थायी शिक्षकको मागका सम्बन्धमा सरकारले विभिन्न समयमा गरेका सहमति कार्यान्वन नहुँदा लगभग ९०० जना अस्थायी शिक्षक उमेर हदका कारण खाली हात सेवाबाट हटिसकेको उनले दुख: ब्यक्त गरे ।सरकारले ऐनमै निर्दिष्ट गरिएका विषयवस्तुको कार्यान्वयन गर्न नसकेका कारण समस्या झन् झन् बल्झिँदै गएको कुँवरको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार