अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको अध्यक्षमा चमनलाल

२०७९ पुष १२ गते, मंगलवार


काठमाडौं । अखिल नेपाल क्रान्तिकारी महासंघ झापाको अध्यक्षमा चमनलाल माझी निर्वाचित भएका छन। १३० औं माओ जयन्तीको अवसरमा सोमबार झापाको विर्तामोड स्थित मारवाडी सेवा समाजको भवनमा आयोजित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको दोस्रो जिल्ला भेलाले माझीलाई अध्यक्षमा निर्वाचित गरेको हो।
भेलाको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा झापा इन्चार्ज सुमन सीले गरेका थिए भने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जोखिम सी, पार्टीका बैकल्पिक केन्द्रीय सदस्य प्रशान्त सी, केन्द्रीय प्रतिनिधि सदस्य श्याम सी, झापा जिल्ला सचिव सञ्जय सी, झापा जिल्ला कमिटी सदस्य तथा सल्लाहकारहरुको समेत उपस्थिती रहेको थियोे ।
ट्रेड युनियन महा संघ झापाको भेलाले अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको अध्यक्षमा चमनलाल माझी , सचिवमा मंगोल थापा, कोषाध्यक्षमा सुजन ढुंगेल , सदस्यहरुमा रमेश भट्टराई ,मोहमद मोरफिक, गोविन्द राजवंशी , गणेश माझी , दिपक मण्डल, प्रकाश विक, धन बहादुर दास, मनकुमार लिम्बू लगायत ११ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ। – अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २६ अंकले घट्यो

२०८२ श्रावण २८ गते, मंगलवार

माबिलुङ्ग इनर्जीको आइपीओ खुला

२०८२ श्रावण २७ गते, सोमबार