दूधको मुल्य बढ्यो
काठमाडौ, २८ फागुन । दुग्ध विकास संस्थान (डिडिसी) ले आजदेखि लागुहुने गरी दूधको मूल्य बढाएको छ ।संस्थानले प्रति आधा लिटर दूधको प्याकेटमा ३ रुपैयाँका मूल्य बढाएको हो । दूधको उत्पादन लागत बढेको र अहिले माग अनुसार आपुर्ति हुन नसकेकाले मूल्य बढाउनुपरेको संस्थानले जनाएको छ । संस्थानका अनुसार वृद्धि भएको मूल्यको ६९ प्रतिशत रकम किसानले पाउनेछन् ।
किसानलाई पशुपालन व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यले दूधको भाउ बढाउनुपरेको राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख बाबुकाजी पन्तले बताए । उनका अनुसार अहिले दैनिक झण्डै १ लाख २५ हजार लिटर दूधको अभाव छ । दूधको मूल्य बढेकाले अरु दुग्धजन्य वस्तुको पनि भाउ बढ्न सक्ने अनुमान छ ।