उपत्यकाका १० स्थानमा सुपथ मूल्यका पसल खोलिँदै

२०७० फाल्गुन २८ गते, बुधबार

काठमाडौं ,२८ फागुन। सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुपथ मूल्यका पसल स्थापना गर्ने भएको छ । जनतालाई सुपथ मूल्यमा सर्वसुलभ किसिमले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुपथ मूल्यको पसल सञ्चालनको तयारी थालिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।
सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ कर्पोरेसनमार्फत करिब १० वटा सुपथ मूल्यका पसल स्थापनाका लागि गृहकार्य गरेको छ ।सुपथ मूल्यका पसलमा सरकारी संस्थानका उत्पादन, तिनले ल्याएका आयातित सामग्री तथा अन्य स्वदेशी उत्पादनहरु राखिनेछन् । सबै सुपथ मूल्यका पसलले सकेसम्म नाफा नराखी सामग्री बिक्री गर्ने नेसनल ट्रेडिङ लिमिटेडका निमित्त महाप्रवन्धक सत्यनारायण मेहताले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु