भारतमा माओवादी आक्रमणवाट १६ को मृत्यु

२०७० फाल्गुन २८ गते, बुधबार


काठमाडौं,२८ फागुन । भारतीय माओवादीले मंगलबार गरेको एक शक्तिशाली आक्रमणमा परी कम्तीमा पनि १६ जना प्रहरी मारिएका छन् । मारिनेमा एकजना प्रहरी अधिकृत पनि रहेका छन् ।भारतमा आगामी दुई महिनामा संसद्को निर्वाचन हुँदै छ । सो निर्वाचनअघि भएको सुरक्षाकर्मीमाथिको यस आक्रमणलाई सुरक्षाको एक कडा चुनौतीका रूपमा लिइएको छ ।करिब २ सयजनाको संख्यामा रहेका माओवादीले सो हमला गरेको बताइएको छ । जसका कारण अरू पनि कैयौं प्रहरी अधिकारी घाइते भएका छन् । भारतको छत्तीसगढ राज्यमा सो हमला भएको हो । सो हमलामा विद्युतीय धराप थापेर गरिएको बताइएको छ ।छत्तीसगढका एकजना वरिष्ठ प्रहरी अधिकारी मुकेश गुप्ताले भने, ‘अहिलेसम्ममा भारतको अर्धसैनिक बलका ११ र राष्ट्रिय प्रहरी संगठनका चारजना गरी १५ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।’तर, मारिने प्रहरीको संख्या योभन्दा पनि अझै धेरै रहेको माओवादीहरूले जनाएका छन् ।राइपुरमा माओवादीविरुद्धको कारबाहीका एकजना प्रहरी प्रमुख राजिन्दर कुमारले मारिने प्रहरी र सुरक्षाकर्मीको संख्या २० भन्दा बढी रहेको जानकारी दिएका छन् ।छत्तीसगढको सुक्मा जिल्लामा रहेको एक स्थानीय सडकलाई विगत लामो समयदेखि माओवादीहरूले अवरोध पु¥याइरहेकाले सो बाटो खुलाउने क्रममा रहेको प्रहरीमाथि सो आक्रमण भएको हो ।आक्रमणका क्रममा माओवादीहरूले निकै शक्तिशाली हतियारको प्रयोग गरेको पनि बताइएको छ ।उनीहरूले प्रहरीलाई विद्युतीय धरापमा पारी आक्रमण थालेका थिए । घाइते प्रहरीका बारेमा भने केही बताइएको छैन ।-एएफपी

प्रतिक्रियाहरु

[anycomment]