लिबियाली प्रधानमन्त्री मुलुकबाट पलायन
काठमाडौं, २९ फाल्गुन । लिबियाका अपदस्थ प्रधानमन्त्री अलि जिदानले मुलुकबाट पलायन हुनुपरेको छ । संसदमा प्रधानमन्त्री जदानविरुद्ध अविश्वासको मत पारित भएको र यात्रा गर्न प्रतिबन्ध लगाइएको केही घन्टाभित्रै उनले देश छाडेका छन् ।
त्रिपोलीका सरकारी अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् । केही वर्ष यतादेखि लिबियाले लगातार राजनैतिक तथा आर्थिक संकट सामना गर्दै आएको छ । मुलुकको केही इन्धन प्रशोधन केन्द्रहरू सशस्त्र विद्रोहीको तारो बन्दै आएको छ । लिबियामा १५ महिनाअघि भएको प्रजातान्त्रिक पद्धतिअनुसारको निर्वाचनमा उनी मुलुकको पहिलो प्रधानमन्त्री हुन् । अशान्त लिबियालाई प्रजातान्त्रिक मार्गमा लगी सुव्यवस्था कायम गराउन उनी संघर्षरत थिए ।