प्रधानमन्त्रीको श्रीसम्पत्ति तीनवटा मोबाइल

२०७० फाल्गुन ३० गते, शुक्रबार


काठमाडौं, ३०फाल्गुन । प्रधानमन्त्री सुशील कोइरालाले बुधबार बुझाएको सम्पत्तिविवरणमा तीनवटा मोवाइल फोन सेटमात्र आफ्नो सम्पत्ति भएको उल्लेख छ ।कोइराला प्रधानमन्त्री निर्वाचित भएको दुई सातापछि मन्त्री परिषदलाई पूर्णता दिएकै दिन बसेको पहिलो बैठकले सबै मन्त्रीको सम्पत्तिविवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम उनले विवरण बुझाएका हुन् ।उनले लगाएको घडी र औंठी भने सम्पत्ति विवरणमा उल्लेख गरिएको छैन् । उनले बुझाएको विवरण हेरेपछि उनकै सहयोगी पनि अचम्ममा परेर दोहोर्‍याएर उनलाई सोध्न पुगेका थिए । तर उनले आफूसँग भएको सम्पत्ति ‘यत्ति हो’ भनेपछि उनीहरुले विश्वास गरेका थिए ।कोइरालासँग रहेका तीनवटा फोन सेटमध्ये पनि एउटा निकै पुरानो र काम नलाग्ने रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु