नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

२०७९ माघ १६ गते, सोमबार

काठमाडौँ। नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा भएको उक्त सेयर बिक्रीमा ल्याएको हो। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ। उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। यद्दपि, सेयर भाउ आपसी समझदारीमा पनि तय गर्न सकिने बैंकले सूचनामा उल्लेख गरेको छ। सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सोमबारदेखि ७ दिनभित्रमा नबिलको केन्द्रीय कार्यालय, तीनधारा काठमाडौंस्थित कम्पनीको सचिवको कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २६ अंकले घट्यो

२०८२ श्रावण २८ गते, मंगलवार

माबिलुङ्ग इनर्जीको आइपीओ खुला

२०८२ श्रावण २७ गते, सोमबार