एमाओबादीका दुइ दर्जन मजदुर नेताद्वारा पार्टी परित्याग

२०७० फाल्गुन ३० गते, शुक्रबार


काठमाडौं, ३० फागुन ।एकीकृत नेकपा (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गत रहेको पेन्टर उद्योग ग्रिल उद्योगका साथै विभिन्न सेक्टरमा काम गर्ने २४ जना मजदुर नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। आज एक संयुक्त बक्तब्य निकाल्दै एकीकृत माओवादी परित्याग गरेको घोषणा गरेका हुन ।उनीहरुले जारी गरेको सामुहिक बक्तव्यमा भनिएको छ- एमाओवादीले हेटौडा महाधिबेशन बाट आफ्नो बर्गको राजनीतिक लाइन छाडी राष्ट्रिय आत्मसमर्पणको राजनीति लाइन अख्तियार गरेको जनयुद्धका उपलब्धिको उपहास गर्दै अशली भारतीय दलाल बनेको जस्ता आरोप लगाएका छन ।बक्तव्यमा अझ अगाडी भनिएको छ -एमाओवादी जनतन्त्र जन जिबिकाका सवालमा आफ्नो अडान छोड्दै नबसंसोधनबादमा पतन भएको छ। उसको यस प्रकारको राजनीतिक कार्यदिशाले नेपाली क्रान्तिलाई सेवा गर्दैन। तसर्थ यस प्रकारको माओबादी मान्यता परित्याग गरेको मजदुर बर्गको हित बिपरित लागेको पार्टीमा रहनुको औचित्य नरहेको ठहर गर्दै हामीले एमाओबादी परित्याग गर्ने निष्कर्ष निकालेका हौ। सनिबार नेकपा-माओवादी कास्कीको जिल्ला सम्मेलन हुदैछ ।माओवादी जिल्ला सम्मेलनको पुर्ब सन्ध्यामा उनीहरुले पार्टी परित्याग गरेकाले माओबादी प्रवेश गर्ने तयारि गरेको बुझिएको छ ।
पार्टी परित्याग गर्नेहरुमा अखिल नेपाल पेन्टर मजदुर संघका तमुवान संयोजक प्रदिप मल्ल औद्योगिक मजदुर संघका पुर्ब केन्द्रीय कोशाध्यक्ष बिदुर थापा बिकाश लोहनी चियाँङचिङ्ग तमु पेन्टर मजदुर जिल्ला सह सचिब देब कुमार राइ पेन्टर मजदुर जिल्ला उपाध्यक्ष आश बहादुर गुरुङ् पेन्टर मजदुर जिल्ला सदस्य राजु मल्ल त्यस्तै सरोज राइ पूर्ण गुरुङ् मनिष राइ आशिष राइ भक्त मगर चन्द्र तामाङ्ग प्रकाश बिक गणेश गुरुङ्ग पबिन बिक रबिन बिक प्रदिप गिरी रमेश के सी पेन्टर मजदुर पुर्ब जिल्ला उपाध्यक्ष प्रेम गुरुङ्ग निर्मल लामा बसन्त तामाङ्ग हरि थापा बिदुर थापा रहेका छन ।उनीहरुले भोली माओवादी सचिब देब प्रसाद गुरुङ्को हात बाट टिका लगाई माओवादी प्रवेश गर्ने बताएका छन। -कमल बुढा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु