जनसपनालाई यथार्थमा परिणत गराउन सक्ने पात्र खोइ ? – छत्रबहादुर मैनाली

२०७० चैत्र १ गते, शनिबार


बिक्रम संवत २०५२ साल फाल्गुन १ गते तत्कालिन नेकपा माओवादी वर्तमान एकीकृत नेकपा माओवादी पार्टी तत्कालिन सरकारसँग आफुले राखेको माग पुरा नभए पछि औपचारिक रूपमा जनयुद्ध लड्ने घोषणा गरेको थियो । जनयुद्धकालिन समयमा धेरैको संख्यामा शहिद बने, कैयौं अपाङ्ग, घाइते भए, बिधवा भए, बेपत्ता भए तिनको यकिन तथ्यांक छैन । भौतिक संरचनाको क्षति, बिकाश निर्माणको काम ठप्प बनेको थियो । मुलुकभर सिंगो राज्य सत्तालाई चुनौती दिएर नेकपा माओवादीले समानान्तर उपश्थिति जनाउदै पार्टीे संगठन मुलुकको कुना कुनासम्म पुर्याएको थियो । राज्यको स्रोत साधनमा पहुँच पुग्न नसकेका पिछडीएर रहेका बर्गको निम्ति माओवादी जनयुद्ध सहायक सिद्ध बन्न पुग्यो । तत्कालिन परिवेशमा माओवादीप्रतिको जनलहर त्यसैको रूपमा लिन सकिन्छ । माओवादीले अपनाएको अर्को सिद्धान्त बमोजिम आफ्नो जासुसी गर्नेको भौतिक कारबाही गर्दै आवश्यक परे सफाया समेत गर्दथे । समाज रूपान्तरणको नाममा गरिने अनेकन किसिमका कारबाहीको डरले समेत अर्को पक्ष माओवादीको र्समर्थन गर्नबाध्य हुन्थे । यसले पार्टीीई बिपक्षी धारको समेत र्समर्थन रहेको देखिन्थ्यो । हिजोको दिनमा पार्टीे संगठन, हातहतियारले सुसज्जित जनसेना, राष्ट्रिय अन्तर्रराट्रयस्तरमा हुने चर्चाका साथ सानमान आफ्नै किसिमको थियो । मुलुकमा परिवर्तन ल्याउन सक्ने परिवर्तनशील पार्टे रूपमा पुर्याएका थिए । हिजो र आजको परिवेश बिल्कुल भिन्न अवस्थामा गुज्रेको छ । अब ति सान मान जोगाइ राख्न पार्टीीेतृत्वलाई हम्मे-हम्मे पर्दै गएको छ । मूल पार्टी चरणमा टुक्रिसकेको छ । मातृका यादबले भिन्न मत राखेर आफ्नै नेतृत्वमा पार्टीीठन गरेका छन् भने किरण बैद्य नेतृत्वमा अर्को पार्टीीठन भइसकेको छ । पार्टीीहत र व्यक्तित्व निर्माणको क्रममा हिजो जे जस्ता सिद्धान्त अवलम्बन गरेतापनि मुलुकको धरातलीय यथार्थलाई कसैले इन्कार गरेर नाघ्न नसक्ने रहेछ भन्ने बुझन जरुरी छ । मुलुकलाई अझै पनि राजनीतिक संक्रमणकालमा गुजारेर अनिर्ण्राो बन्दि बनाउने हो भने अहिले भएको जनमत तर्फम्भीर बन्नै पर्दछ । जनभावनाको कदर गरेर अगाडी बड्दा मात्र मुलुक र पार्टी हित हुन जान्छ । हिजो मातृका यादब र कमरेड मोहन बैद्यको नेतृत्वमा पार्टीीुक्रिएर जाँदा बढार्नुपर्ने कसिंगर हावाले उडायो भन्नेहरूले के बुझन जरुरी छ भने बलेको आगोमा घ्यु थप्दा त्यसको हानी कसलाई हुँदो रहेछ – त्यसले माउ पार्टीीई केहि असर नगर्ने अझ पार्टीीजबुत बन्ने कर्ुतर्क गर्दाको परिणाम गत संबिधानसभा निर्वाचनमा छताछुल्ल भएको तथ्यलाई स्वीकार गर्ने कि नगर्ने – अहिले बजारमा हल्ला चलेको छ मातृका यादबलाई जसरी मूल पार्टी फर्काउने मोहन बैद्य नेतृत्वको नेकपा माओवादीसँग पार्टीीकीकरण गर्न भन्ने । एकीकरण हुनु आफैंमा राम्रो हो एकीकरण, एकता हुनु पर्दछ फुटको राजनीति अन्त्य नै हुनुपर्दछ तर यदि एकीकरण हुनु नै रहेछ त किन फुट्नु परेको थियो – भन्ने प्रश्न खडा हुन सक्छ । अब हिजोको जस्तो टालटुले जवाफले जनता बिस्वस्त हुन्छन भन्ने सोच आफ्नै पार्टीीभत्रका इमान्दार कार्यकर्ताले समेत पत्याउने छैनन् । फुट्नेहरूले पनि यसको औचित्य पुष्टि गर्ननसक्नुमा छलकपटको राजनीति गरेको र्ठहर्छ यो लेख लेखि रहँदा हिजो नेकपा एमाले पार्टीीुटेर जाँदाको स्थिति झल्झली भएर आयो । निक्कै तामझामका साथ के-के न लर्छार्न सकिन्छ भनेर गएको टुक्रे पार्टीोटो समयमा दुनियाँ सामु पत्ता साफ भएर मुलघर र्फकदाको दृश्य झनै झल्झल्ती भएर आउँदछ । मुलघरमा जहान परिवारको संख्या ठुलो भएर पातलो दाल खाँदा खाँदा वाक्क भएर बाक्लो दाल खाने परिकल्पना गरेर हामफाल्दाको परिणाम थियो त्यो । सैद्धान्तिक धरातल कम्जोर छ भन्ने जानकार हुँदा हुँदै कसैको हुटहुटिमा लाग्दा कति छिट्टो कन्तबिजोग बेहोर्नु परेको थियो – नेपाली कांग्रेसको इतिहास हेने हो भने पनि लगभग त्यस्तै देखिन्छ पार्टीभत्र पुरातन सोच भएकाहरूको हठको परिणाम पार्टीुक्रिएर पानी बारबारको अवस्था थियो । तर ढिलै भएपनि तिनको सद्बुद्धि फिरेकोले देखावटी रूपमा आज पार्टीीकता देखिन्छ । तर पार्टीीत्र शीष्ातहमा रहनेहरूको गुटउपगुट कायम रहेसम्म कुनबेला के हुन्छ भगवान भरोशा भने जस्तै छ । १७ पटक प्रधानमन्त्री पदको लागि दौडेका पात्र देखि प्रधानमन्त्री बन्ने लाइनमा योग्यता पुगेर पर्खि बसेका पात्रहरू अनगिन्ति छन् । तर्सथ काँग्रेसभित्रको किचलो छिट्टै अन्त्य हुन्छ भनेर भन्न सकिन्न । अन्य अलि चल्तीमा नाम लिने पार्टर्ीीध्ये राप्रपा पनि पर्दछ पार्टीशर्षहमा रहनेहरूको जुंगे लर्डाई हर्ेदा फुटको राजनीतिले यतिबेलासम्म फाइदा पुगेको देखिन्छ । आखिरमा सबैलाई पद र कर्ुर्सि कै मोह रहेछ चाहे जुनसुकै राजनीतिक आवरण भिर्न किन नपरोस । मुलुकमा आज पर्याप्त जे उद्देश्य र सिद्धान्तमा आधारित राजनीतिक परिवर्तन भए ति सब इतिहासमै सिमित बन्न पुगे । कुनै पनि सिद्धान्तले स्थायित्व ग्रहण गर्नसकेन । कहिले के बहानामा कहिले के बाहना बनाएर मुलुकको राजनीतिक समस्या ज्युँका त्यूँ राखेर मुलुकलाई प्रयोगशालामा परिणत गरेका छन् । १०४ बर्ष जहानिया राणा शासन देखि ३० बर्षनिर्दलीय पञ्चायती व्यवस्था हुँदै ६२।६३ को आन्दोलनमार्फ् संबैधानिक राजतन्त्रात्मक प्रजातान्त्रीक व्यवस्था फ्याँकेकोमा गर्व गर्नेहरूले फ्याँक्नुको औचित्य पुष्टि गर्नसक्नु पर्दछ । फ्याँक्नु, भत्काउनु, तोडफोड गरेर मात्र नायक बन्न सकिदैन नायक बन्नलाई फ्याँकेको, भत्काएको पुष्टि गरेर देखाउन सक्नु पर्दछ ।
कुनै पनि बहाना बाजीमा उन्मुक्ति पाउनु हुन्न । औचित्य पुष्टि गरेरै छाड्नु पर्दछ । भावनामा बग्नु बाहेक २०४६ साल पछिको समय बेकारमा खेर गएको छ । कत्तिको त्यहि भावनामा डुबेर जीवन आनन्द बारे सोच्दा सोच्दै परमधाम भइसके । कति पय त्यहि बाटो कुरेर दिन काट्दै छन्, कतिले घरपरिवारलाई सुखी तुत्याउने सपना बुनेर बिदेशी भूमिमा श्रम गर्दा गर्दै प्राण पखेरु उडेर काठको बाकसमा लाश बनेर फिर्नुपरेको छ, कत्तिले गलत बाटो अपनाएर समाजमा त्राश फैलाई रहेका छन भने कतिलाई सपना बाँड्दाको हैरानी छ । यस्तो बिकराल अवस्थाको बयान गरेर साध्य छैन । मुलुक आज समृद्ध हुन्थ्यो भने यस्ता पीडा र बेदनाको छटपटी नेपाली जनताले भोग्नु पर्थेन । तर हाम्रो बिडम्बना बनेर बसेको छ वर्तमान संकट । मुलुकमा जति पनि राजनीतिक परिवर्तन भए ति परिवर्तनले नेपाली जनताको मर्म र भावनालाई समेट्न नसकेको यथार्थ हो । केहि बर्ग बिशेषको उत्थान बाहेक मुलुकको अवस्था जहाँको त्यहि छ । मुलुकको बिकाशको निम्ति दलहरूमा साझा सोचको कमि एकातिर देखियो भने राष्ट्र र राष्ट्रियताको सवालमा समेत सिद्धान्ततः विभाजित छन् । राष्ट्रियताको सवालमा एक हुन नसक्नेहरू कसरी राष्ट्रको भावी नीति निर्माता हुन सक्छन – मूल प्रश्न यो हो । यहाँ पोशाकमा विभेद देख्ने, भाषामा विभेद देख्ने, जात जातिमा विभेद देख्ने, भूगोलमा विभेद देख्ने, धर्ममा विभेद देख्ने, बिभेदै विभेद देख्ने विभेदकारीहरूको झुण्डलाई नेपाली जनताले शिरमा राखेर हिडी रहेका छन् ।
यो बिडम्बना हो कि होइन – अब यस्ता झुण्डहरूलाई फ्याँकि दिने जिम्मा शिरोधार गर्नेहरूले लिनु पर्दछ । नेपाली जनताको मन मष्तिष्कमा मन्द बिष सेचन गरेर देश र जनताप्रति कहिल्यै उत्तरदायी बन्नु परेको छैन । तिनलाई न कुनै नियम कानुनले छुन सक्छ न त कुनै जिम्मेवार बोध न त पीडा बोध नै । एकले अर्कोलाई सत्तोसराप गरे जसरी दोषारोपण गर्दै पानी माथिको ओभानो बनेर कति समय टिक्न सकिएला – एक दिन समयले हिसाबकिताब माग्ने नै छ । जसरी २०५२ सालमा तत्कालिन राज्य सत्तासँग हिसाबकिताब मागेर जनयुद्ध लडेको थियो त्यहि सिलसिला नदोहोरिएला भन्ने ग्यारेन्टी गर्नसकिन्न । नाम, आकार, स्वरूप भिन्न होलान तर उद्देश्य मुक्ति नै हो । कुनै पनि बिषय समयमा गर्छ भनेर कवोल गरेपछि समय भित्र सम्पन्न गर्नसकिन्न भने परिस्थितिले ओभर टेक गर्छ गर्छ यसमा दुइमत छैन, अनि आफु नाच्न नजान्ने आँगन टेढो भने जस्तो हुनेछ परिस्थिति देश र समाजलाई राष्ट्रिय एकताको मध्यमद्वारा सधैँ बलियो, दरिलो बनाई राख्न राष्ट्रिय एकताको खाँचो पर्दछ । जसको लागि सबै तहतप्कामा भावनात्मक रूपमा राष्ट्रियताप्रति सचेत हुनु पर्दछ । राष्ट्रिय भावनाको बिकाश हुनु पर्दछ । बाल मस्तिश्क देखि नै राष्ट्रियताप्रति प्रेरित हुने बातावरण सिर्जना गरेर राष्ट्रियताको संरक्षण सर्म्बर्द्ध गर्नु पर्दछ । हरेक दिन राष्ट्रियताको महत्व अझ बढी खड्कि रहन्छ । यहाँ कसैलाई काखा कसैलाई पाखा लगाएर व्यक्तिगत, दलगत स्वार्थ पूरा होला तर राष्ट्रिय स्वार्थ पुरा हुन सक्दैन अहिले बजारमा चलेको हल्लाअनुसार एकीकृत नेकपा माओवादी पार्टी अध्यक्ष प्रचण्ड र नेकपा माओवादी पार्टी अध्यक्ष मोहन बैद्यबीच पार्टीीकताबारे नजिकमा पुगेको खबर र्सार्वजनिक हुनुको साथ साथै एकीकृत नेकपा माओवादी पार्टी बरिष्ठ नेता बाबुराम भट्टर्राई भने पार्टी नया प्रस्ताव राख्दै नेतृत्व परिवर्तनको माग बाहिर आएको छ । उक्त माग पूरा नहुने हो भने नयाँ शक्तिको उदय हुने घोषणा र्सार्वजनिक भएको छ । यस्तो अन्यौलपर्ूण्ा सर्न्दर्भमा हुन गइरहेको पार्टीकीकरणको कुनै औचित्य छैन । एकीकरणको अर्थ कोही जाने कोही भित्रिने नहोस् । सबै पक्षलाई समेटेर तिनका भावनात्मक सन्देशलाई सम्बोधन गरेर लान सकोस् । देश आज सङ्कट पूण् अवस्थामा गुज्रेको र्सवविदित नै छ । अब कसैले पनि आग्रह, पूवाग्रह पूण् व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । सम्मुनत नेपालको कोरा सपनालाई यथार्थमा परिणत गराउन सक्ने पात्रको जरुरी छ ।
– हाल, बोगोटा, डि. सी .कोलोम्बिया

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु