टाउकाको मूल्य तोक्नेहरू पुनः सत्तामा – हस्तबहादुर केसी

२०७० चैत्र १ गते, शनिबार


नयाँ दलालहरू यतिखेर नेपालको प्रतिक्रियावादी केन्द्रीय सत्तामा हालीमुहाली गर्न ढलीमली गर्न पुगेका छन् । साम्राज्यवादीहरू तथा विस्तारवादीहरू विशेष गरि भारतीय विस्तारवादले छानीछानीकन नयाँ दलालहरू तयार पारेर सत्तामा पुर्याएको छ । पहिलेका दलालहरू काम नलाग्ने भइसकेपछि नयाँ दलालहरू तयार पारेर नेपालमा आफ्नो अनुकूलको सत्ता चलाउनका लागि यो दलालहरू उनीहरूको छनौटमा परेका हुन् । ‘नयाँ जोगीले बढि खरानी घस्छ’ भने झैं सत्तामा पुग्ने वित्तिकै साम्राज्यवादी तथा विस्तारवादीहरूका यी नयाँ नेपाली जोगिहरूले चाकडी स्वरूप कठपुलती प्रधानमन्त्री सुशिल कोइरालाले टनकपुरस्थित नेपालको भूमि भारतको भन्दै हिडेका थिए भने २०५४/२०५५ सालतिर अहिले भारतीय विस्तारवादको नयाँ बामदेव गौतम अहिले भारतीय विस्तारवादको नयाँ दलाल बनेर उसकै अरौटेकै भूमिका निर्वाह गर्ने गरि पहिलेदेखि व्यापक विरोध हुँदै आएको ‘संगठित अपराध सम्बन्धि विधेयक’ रातारात कथित संविधान सभा संसदवाद पारित गराउन सफल भएका छन् । यसरी साम्राज्यवाद तथा विस्तारवाद विशेष गरि भारतीय विस्तारवादका नयाँ दलाल एवं उनीहरूको इमान्दार वफादार नोकर, चाकर एवं भरौटेका रूपमा परिचित हुन पुगेका कठपुतली सरकारका प्रधानमन्त्री सुशिल कोइराला र अर्को कठपुतली उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले आलोपालो गरि भारतीय विस्तारवादलाई खुसी तुल्याउन राष्ट्रघाती कुरा बकल्दै हिड्ने राष्ट्रघाती तथा जनघाती काला कानूनहरू तछाडमछाड गर्दै पारित गराउँदै छन् ।
यहाँनेर बुझ्नैपर्ने कुरा के छ भने महान् दश वर्षो भीषण जनयुद्ध चलिरहेको बेला तत्कालिन नेकपा -माओवादी) र त्यस पार्टी सम्पूण् नेताहरूलाई सखाप पारेर नेपाली क्रान्तिलाई नै खरानी पार्ने उद्देश्यका र योजनाका साथ सिंगो नेपाललाई संकटकालीन अवस्थाको घोषणा गरेर देशव्यापी रूपमा तत्कालीन शाही नेपाली सेना परिचालन गरेर नरसंहार गरेर र दशौं हजार परिचालन गरेर नरसंहार गरेका र दशौं हजार नेपाली आमाका आँटी तथा असल छोराछोरीहरूको हत्या गरेर नपुगेर माओवादीका नेताहरूको टाउकाको मूल्य तोक्नेहरू अहिले पुनः सत्ताको केन्द्रभागमा पुगेका छन् । स्मरण रहोस् तत्कालिन नेकपा -माओवादी) ले पुरानो प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गरि त्यसको ठाउँमा नयाँ जनवादी राज्य सत्ता स्थापना गर्ने महान् उद्देश्यका साथ संचालन गरिएको भीषण वर्गयुद्ध अर्थात् जनयुद्धलाई समाप्त पार्नका लागि साम्राज्यवाद र विस्तारवादको निर्देशन र योजनामा तत्कालीन नेपाली काँग्रेसको देउवा सरकारले २०५८ साल मंसिर ११ गते देखि मुलुकलाई संकटकालिन अवस्थाको घोषणा गरेर देशव्यापी रूपमा माओवादी जनयुद्धका विरुद्ध तत्कालिन शाही नेपाली सेना परिचालन गरेको थियो । तर त्यतिले पनि नपुगेर उसले माओवादीका नेताहरूको टाउको मूल्य तोकेको थियो । तत्कालिन नेकपा -माओवादी) लाई अमेरिकी साम्राज्यवादलाई उक्साएर रेकर्ण्र्ाानोटिस काट्न लागाएको थियो । त्यतिबेला प्रतिक्रियावादी सत्ताको प्रतिपक्षमा रहेको नेकपा -एमाले) ले नेपाली काँग्रेसको सरकारले गरेका ती जनघाती, राष्ट्रघाती, मानवघाती निर्ण्र्ारूको आखा चिम्लेर ताली ठोकेर पूरै र्समर्थन गरेको थियो । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको निर्देशनमा माओवादीद्वारा संचालित जनयुद्धलाई समाप्त पार्न केन्द्रीय सत्तामा पुगेको नेपाली काँग्रेस र त्यसलाई साथ दिँदै आएको एमाले अहिले एउटै केन्द्रीय सत्तामा आशिन बन्न पुगेका छन् । यसरी अहिले हिजो माओवादी क्रान्तिकारीहरूको टाउकाको मूल्य तोक्ने जनघाती राष्ट्रघाती एवं मानवताघाती घोर प्रतिक्रियावादी तथा साम्राज्यवाद एवं विस्तारवादका दलालहरू सत्तामा पुगेर इतिहास गलत ढंगले दोहोरिण पुगेको छ । वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल मार्क्सले एक ठाउँमा भनेका छन् – “इतिहास आफै दोहोरिन्छ, पहिले दुःखद घटनाका रूपमा र दोश्रो पटक हास्य परिघटनाको रूपमा ।” यहाँ नेपालमा अहिले मार्क्सले भनेझैं इति हास्य परिघटनाको रूपमा दोहोरिएको छ । पहिले दश वर्षो जनयुद्धकालिन अवस्थामा काँग्रेस सत्तामा बसेर देशलाई संकटकालीन अवस्थाको घोषणा गरेर सेना परिचालन गरेर, दसौं हजार नेपाली नागरिकहरूको हत्या गराएर, हजारौं नेपाली नागरिकलाई वेपत्ता पारेर, हजारौंलाई घाइते, अपाङ्ग तुल्याउँदै मुलुकलाई खरानीमा बदलेर पहिलो पटक दुःखद् इतिहास दोहोर्याएका थिए भने अहिले तिनै जनघाती राष्ट्रघाती प्रतिक्रियावादी शक्तिहरूले महान् जनयुद्धको मुख्य शक्ति र संविधान सभाको मुख्य आंशियार माओवादीलाई बाहिरै राखेर कथित नयाँ संविधान बनाउने ढ्वाङ फुक्दै र एक वर्षभत्र नयाँ घोषणा गरिसक्ने रटान दिँदै नेपाली जनतालाई उल्लु साबित गराउे कसरतपूण् एवं षड्यन्त्र मूलक नाटक मञ्चन गरेर कार्ल मार्क्स कै शब्दमा हास्यपद इतिहास दोहोर्याइरहेका छन् ।
अहिले मुलुक गम्भीर प्रकारको अन्यौल र अस्तव्यस्थतामा परिणत हुन पुगेको छ । मुलुकमा राजनीतिक अस्थिरता पैदा भइरहेको छ । धमाधम काला कानूनहरू, जनघाती राष्ट्रघाती कानूनहरू बनिरहेका छन् । राष्ट्रिय स्वाधिनताको प्रश्न गम्भीर प्रकारको खतरामा परिणत हुन पुगेछ । वैदेशिक हस्तक्षेपले सिमा नाघि सकेको छ । महंगी र मूल्यवृद्धिले सिमा नाघी सकेको छ । कालो बजारी र तस्करीले मुलुक आक्रान्त बनिसकेको छ ।
हत्या र लुटपाटका घटनाहरू बढिरहेका छन् बेरोजगारी समस्याले सिमा नाघी सकेको छ र लाखौं युवा शक्ति विदेशतिर पलायन भइरहेको छ । शिक्षा तथा स्वास्थ्य जस्तो जनशरोकारको क्षेत्र शैक्षिक माफियाहरूबाट आक्रान्त बनिरहेको छ । मुलुकको हरक्षेत्र अस्तव्यस्त बन्दै गइरहेको छ । मुलुकलाई २०४७ सालतिरको अवस्थामा पुर्याइँदै छ । अहिले काँग्रेस र एमालेले कथित नयाँ संविधानको प्रमाणिकरण र घोषणा क्रमशः सभामुख र राष्ट्रपतिबाट गराउने नौटंकी नाटक मञ्चन गरिरहेका छन् । यो नै नयाँ दलालहरूको नयाँ नयाँ षड्यन्त्रको प्राकाष्टा हो । किनकि यी दलालहरूले मुलुकको अग्रगति प्रदान गर्ने र जनतालाई अधिकार सम्पन्न गराएर नयाँ नेपाल निर्माणको खाका कोर्ने संविधान बनाउने नभएर मुलुकलाई सिक्किमीकरण गर्ने, देशलाई पराधिनताको दलदलमा फसाउने र दलालीकरणको श्रृंखलाहरू बढाएर सत्तामा टाँसी रहने उद्देश्यका साथ एक वर्षभित्र नयाँ संविधान जारी गरिसक्ने ढ्वाङ फुकी रहेका छन् । । यो उनीहरूको ‘राजाको नयाँ पोषकको कथा सिवाय अरु केही होइन ।’
संविधान सभाको आवाज २००७ सालमा राणा शासनको अन्त्यसँगै उठाइएको हो । त्यति बेला संविधान सभाको आवाज जनताको स्तरबाट नभएर भारतीय विस्तारवादी शासकहरूले आफ्ना नेपाली दलालहरूमार्फ फैलाइएको थियो । तर २०५२ सालपछि मात्र तत्कालीन नेकपा -माओवादी) ले जनयुद्ध संचालन गरि रहेको अवस्थामा संविधान सभालाई नेपाली क्रान्तिको कार्यनीतिक कार्यदिशाको रूपमा अगाडि सारे पछि मात्रै यसले मूत रूप प्राप्त गरेको हो र त्यसलाई राष्ट्रिय एजेण्डाको रूपमा स्थापित गरिएपछि मात्र २०६४ साल चैत्र २८ गते संविधान सभाको ऐतिहासिक निर्वाचन सम्पन्न भएको थियो । र २४० वर्षो शाह वंसीय सामन्ती राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र नेपालको घोषणा गर्न सम्भव भएको थियो । तर अहिले दश वर्षो जनयुद्धको नेतृत्व समेत गरेर आएको नेकपा – माओवादी र उसले नेतृत्व गर्दै आएको ३३ दलीय राजनीतिक मोर्चालाई समेत बाहिर राखेर साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र ग्राण्डडिजाइनमा जुन नेपाली काँग्रेस र एमालेले नयाँ संविधान बनाउँछौं भनिरहेका छन् यो उनीहरूको जनतालाई झुक्याने षड्यन्त्रवाहेक अर्को केही होइन । यसरी दलालहरूले संविधान बनाउन सक्नेवाला छैनन् । अहिले कथित संविधान सभामा काँग्रेस र एमालेको मात्रै करीव दुइ तिहाई बहुमत पुगेको र एमाओवादी भूमिकाहीन अवस्थामा संविधान सभामा उपस्थित रहेको मौका छोपेर दलालहरूले जनघाती एवं राष्ट्रघाती संविधान बनाउने जुन दुस्वप्न देखिरहेका छन् त्यो सपना कदापी पूरा हुने वाला छैन । किनकि नेकपा – माओवादी ८३३ दलीय संयुक्त मोर्चा लगायत ठूला जनताको शक्ति कथित संविधानसभा बाहिर छ । नेकपा – माओवादीले यो संविधान सभा प्रतिक्रियावादीहरूको कब्जामा परिसकेकोले यसको औचित्य समाप्त भइसकेको विश्लेषण सहितको निर्ण्र्ाागरिसकेको छ ।
यस अवस्थामा नेकपा – माओवादीले नेपाली राष्ट्रिय मुक्ति र नयाँ जनवादी क्रान्तिलाई सफल तुल्याउनका लागि एकातिर सच्चा देशभक्त, जनवादी तथा वामपन्थि गोलबन्द गरि नयाँ राष्ट्रिय संयुक्त मोर्चाको निर्माण गर्ने अपरिहार्यरूपमा आवश्यक भएको र अर्कोतिर पार्टीाहिरका सम्पूण् क्रान्तिकारी कम्युनिष्टहरलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने जस्तो सैद्धान्तिक निर्ण्र्ाागरिसकेको छ यसको साथै तत्कालिन रूपमा वैदेशिक हस्तक्षेप तथा षड्यन्त्रमुक्त नयाँ राष्ट्रिय राजनीतिक सहमतिको निर्माण संविधान सभाको विघटन अधिकार सम्पन्न उच्चस्तरीय तथा सबै पक्षीय राजनीति सभाको आयोजना राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण र राष्ट्रिय स्वाधिनता तथा र्सार्वभौमिकताको रक्षाका कामलाई नै तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा लिने र २०७० चैत्र, २०७१ वैशाख र जेठ ३ महिनाको अवधिमा तेश्रो जनआन्दोलनको सुनामी आधिवेरी सृष्टि गर्ने निर्ण्र्ाागत मंसीर २३ २९ मा सम्पन्न तेश्रो पूण् बैठकले गरिसकेको छ । अब यसलाई कार्यान्वयन गर्ने अवधिमा आजकै मितिदेखि पार्टी प्रवेश गर्दै छ । प्रस्तावित यस जनआन्दोलनले काँग्रेस एमाले लगायतका यथास्थितिवादी एवं प्रतिक्रियावादी शक्तिहरूलाई संविधान सभा हलभित्र बसेर सजिलै खान दिने वाला छैन । किनकि काँग्रेस एमालेहरूले संघीयताका नेपाली जनताका मुद्दाहरूलाई पन्छाएर २०४७ साल वरिपरिको संविधान बनाउने तयारी गरिरहेका छन् र महान् १० वर्षो जनयुद्ध र २०६२/०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको म्यान्डेट अनुरूप राज्यको युगौंदेखि कायम रहँदै आएको एकात्मक तथा एकीकृत राज्य संयन्त्रलाई अन्त्य गरि जन संघीय गणराज्यहरू सहितको राज्यको पुनसंरचना गर्ने भन्ने थियो, त्यसलाई लत्याएर पुरानै राज्य संयन्त्रलाई कायमै राख्ने जुन सोच र योजना बनाएका छन् । यसप्रकारको उनीहरूको षड्यन्त्रपूण् योजनालाई नेपाली जनताले कदापी सहन गर्न सक्ने छैन र जनता आन्दोलनमा उत्रने छ । अर्कोतिर नेकपा – माओवादी बिना कथित संविधान बन्ने कुनै संभावना नै छैन । यस विषयमा काँग्रेस एमाले लगायतका यथास्थितिवादी एवं प्रतिक्रियावादी दलाल राजनीतिक शक्तिहरूले हेक्का राख्न जरुरी छ ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु