तत्काल पार्टी एकता सम्भव छैन : गुरुङ
काठमाडौं, १ चैत्र । नेकपा–माओवादीका सचिव एवं संयुक्त जनसमितिका संयोजक देव गुरुङले एकिकृत नेकपा माओवादीसँग तत्काल एकीकरण सम्भव नभएको बताएका छन् । पर्वतमा आज आयोजित नेकपा–माओवादीको तेस्रो जिल्ला सम्मेलनको उद्घाटनका क्रममा बोल्दै गुरुङले हेटौडा महाधिवेशनले पारित गरेको कार्यदिशा नसच्चाएसम्म एकीकरण सम्भव नभएको बताए ।उनले एमाओवादी संविधानसभा पूर्व जति उग्रभएपनि अहिले संविधानसभा धोका भएको महशुस गर्दै गल्ती स्वीकार गरेकाले कार्यगत एकताको ढोका भने खुलेको बताए ।एक अर्को प्रशंगमा बोल्दै सचिव गुरुङले सबै राजनैतिक दलका बीचमा सहमति र सहकार्य बिना स्थानीय निकायको निर्वाचन नहुने जिकिर पनि गरे ।गुरुङले राज्यको पुर्नसंरचना गरेर मात्रै नयाँ संरचनाको आधारमा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताए ।
–