नेकपाका महासचिव विप्लव र प्रधानमन्त्री प्रचण्डवीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेपाल कम्युनिस्ट पार्टी माओवादी( केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल- प्रचण्डवीचआज भेटवार्ता भएको छ। उक्त भेटवार्तामा विगतमा सरकार र नेकपावीच भएको ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्नेवारे भएका सहमति र निर्णयहरु अगाडि बढाउन ,मुलुकको जटिल र संकटपुर्ण आर्थिक राजनीतिक परिस्थिति , नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको एतिहासिक आवश्यकताबारे छलफल भएको बताइएको छ ।
यस्तै प्रधानमन्त्री प्रचण्डले ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्नेबारे राजनीतिक र कानुनी प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक भएको बताइएको बुझिएको छ।
सरकार र नेकपा वीच ३ बुदे सहमति भएको करिव २ वर्ष पुग्न लाग्दा समेत नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताका नाममा राजनीतिक आस्थाका आधारमा लगाइएका मुद्दाहरु अझै फिर्ता लिइएको छैन भने ३९ जना कार्यकर्ताहरु अझै जेलमा रहेका छन ।