अखिल क्रान्तिकारी संघर्षमा उत्रने

२०७९ माघ २८ गते, शनिबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी )ले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू ,विकृति ,विसंगति ,बेथितिविरुद्ध संघर्ष गर्ने जनाएको छ। सो संगठनको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ । बैठकले त्रिभुवन विश्वविद्यालयले गर्ने भनेको आगामी चैत्र ५ गतेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्ने,संगठन लाई सुदृढ र व्यबस्थित गर्ने,क्याम्पस केन्द्रित अभियान संचालन गर्ने,क्याम्पस हरुमा रचनात्मक क्रियाकलाप गर्ने,संगठन लाई जनआधारित संगठन बनाउने ,पार्टी केन्द्रको निति योजना लाई विद्यार्थी माझ लैजाने ,मेडिकल लुट विरुद्द देशव्यापी आन्दोलन गर्ने,शिक्षा क्षेत्रमा देखिएका समस्याहरू ,विकृति ,विसंगति ,बेथिति विरुद्ध संघर्ष गर्ने साथै राष्ट्रियता ,जनतन्त्र ,जनजिविका,भ्रष्टाचार ,महंगीको सवालमा संघर्ष केन्द्रित गर्ने निर्णय गरेको छ।
बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सी ले विद्यार्थी संगठनले पार्टी योजना लाई पकडेर अग्रणी भुमिका निर्वाह गरेकोमा धन्यवाद दिदै आफुलाइ पार्टी ले विद्यार्थी संगठनको फ्र्याक्सन इन्चार्जको जिम्मेवारी दिएकाले आफुले अभिभावकिय भुमिका भरपुर तरिकाले निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
एर्को एक प्रसंगमा नेतृ शिलु ले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता हिडिरहेको बाटो सुन्दर र महान भएकाले देश निर्माणको बारेमा सोच्नु पर्ने दायित्व पनि युवा विद्यार्थीकै भएकालेे सोही अनुसार जिम्मेवार भएर काम गर्न निर्देशन दिदै समाजवादको स्वास लिएर पुजीवाद बाचिरहेकाले युवा विद्यार्थीको ताकत र एकीकृत जनक्रान्तिको माध्यमबाट दलाल सत्ताको अन्त्य गरेर देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना हुने कुरामा ढुक्क हुन आग्रह गरिन् ।साथै उनले आगामी चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयले गर्ने स्ववियु निर्वाचनमा बिजय हासिल गर्न जोरदार ढंगले लागेर विद्यार्थीको कलेज देखि घर सम्म अभियान संचालन गर्न निर्देशन दिईन् ।
त्यस्तै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी ले स्ववियु निर्वाचन हुने देशै भरिका क्याम्पसमा पुगेर इकाई कमिटी लाई चुस्त दुरुस्त बनाउन र स्ववियु निर्वाचनमा बिजय हासिल गर्ने गरि तयारी थाल्न र उच्च मनोबलका साथ देशैभरी अभियान संचालन गरेर विद्यार्थीहरुमा जागरण पैदा गर्न,राष्ट्रियता ,जनतन्त्र,जनजिविका तथा अहिलेको शिक्षा प्रणाली मा देखिएको समस्या ,हामीले निर्माण गर्न खोजेको बैज्ञानिक समाजवादीका बारेमा विद्यार्थीहरुका बिचमा उजागर गराउनु पर्ने आवस्यकता रहेको बताए। साथै चैत्र ५ को त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन लाई संघर्षको मोर्चा बनाएर लाग्न निर्देशन दिए। उनले पार्टीको नवौं महाधिवेशन र पार्टीको तेस्रो पूर्ण बैठकका निर्णय हरुलाइ कडाइ पूर्वक लागु गर्दै पार्टीको योजना स्पिड लाई पकडेर फिल्डमा परिणाम आउने गरि काम गर्नआग्रह गरे ।
बैठकमा संगठनमा संगठनका उपाध्यक्ष नरेन्द्र सी ले लामो समयदेखि त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन नभएकाले विश्वविद्यालय तथा क्याम्पस हरुमा विद्यार्थीका एजेन्डा ,मुद्दा हरु ओझेलमा परिरहेको र क्याम्पस हरुमा तमाम समस्याहरू देखिएको भन्दै आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा देशै भरिका त्रि वि का आंगिक र सामुदायिक क्याम्पस हरुमा उम्मेदवार खडा गरि बिजय हासिल गर्नु बताए ।साथै उपाध्यक्ष नरेन्द्रले नयाँ जोस उत्साह उमंगका साथ फिल्डमा परिणाममुखि काम गर्न र पार्टी अपेक्षा अनुसार विद्यार्थी संगठनको दायित्व लाई पुरा गर्न जिम्मेवार भएर लाग्नु पर्ने बताए।
बैठकमा संगठनका महासचिव ललित सी ले आगामी चैत्र ५ को स्ववियु निर्वाचनमा भाग लिएर हाम्रा बिचार सिद्धान्त योजना लाई लाखौं विद्यार्थी हरुको बिचमा पुर्‍याउनु पर्ने आवस्यकता रहेको बताए।
संगठन सचिव प्रकाश सी ले स्ववियु निर्वाचन लाई उत्सवको रुपमा लिएर होमिनु पर्ने बताए ।
संगठनका कोषाध्यक्ष प्रीतिमा सी ले देश ब्यापी क्याम्पस हरुमा व्यापक तयारी गरेर स्ववियु निर्वाचनमा विजय हासिल गर्नुपर्ने अबसर आएको बताइन्।


संगठन ले नयाँ संरचना बनाएको छ ।भौगोलिक जिल्ला हरुको २१ वटा व्यूरो र गैरभौगोलिक जिल्ला हरुको ६ वटा ब्यूरो गरि देशभर २७ वटा व्यूरो बनाएर नेताहरुको कार्यक्षेत्र बिभाजन गरेको छ।
संगठनको पाँचौ पूर्ण बैठकले गरेका निर्णयहरु केही दिनपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने संगठनका सचिवालय सदस्य अनिल सी जानकारी दिए।

प्रतिक्रियाहरु

[anycomment]