भारतमा ठूलो मात्रामा मानव अस्थिपञ्जर भेटियो
भारतमा, १ चैत। भारतको अमृतसरदेखि २४ किलोमिटर टाढा पर्ने अजनालामा गरिएको उत्खनन्मा ठूलो मात्रामा मानव अस्थिपञ्जर भेटिएको छ । यी अस्थिपञ्जर सन् १८ सय ५७ मा भएको भारतीय स्वतन्त्रता संग्रामका बेला बेलायती शासकले मारेर गाडेका दुई सय बयासिभन्दा बढी भारतीय सैनिकको अवशेष रहेको बताइएको छ । एक गुरुद्वारको भवनमुनि तीन दिन लगाएर गरिएको उत्खननबाट यी अस्थिपञ्जर भेटिएको उत्खननमा सम्लग्न सुरेन्द्र कोछडले बताएका छन् । उत्खननमा ९० वटा खप्पर, ५ हजार जति दाँत र कैयौंको संख्यामा अस्थिपञ्जर भेटिएको उत्खनकर्ताले जानकारी दिएका छन् । उत्खननमा सन् १८ सय ३० देखि ४० सम्म तत्कलीन इस्ट इण्डिया कम्पनीले प्रयोगमा ल्याएका सिक्काहरु, बेलायती सैनिक पदक, सुनका बाला तथा औंठीहरु पनि प्राप्त भएको जनाइएको छ । यी सामग्री र अस्थिपञ्जरहरु कुवामा गाडेको अवस्थामा भेटिएको हो ।