प्रचण्डले माओवादी सामू घुँडा टेके- किरण

२०७० चैत्र २ गते, आईतवार


काठमाडौं,२ चैत। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पछिल्लो चरणमा एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो सामू घुँडा टेकेको बताएका छन् ।थानीय निर्वाचन र द्वन्द्वकालीन मुद्दा उठाएर एमालेे र कांग्रेस संकटमा पारेपछि प्रचण्डले बाध्य भएर आफूहरु सामू घुँडा टेकेको अध्यक्ष किरणले दाबी गरेका हुन् ।क्रान्तिकारी पत्रकार महासंघ संखुवासभाले खाँदवारीमा आइतबार गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष किरणले संविधानसभा निर्वाचनमा नराम्ररी पराजित भएपछि प्रतिक्रान्ति भयो भन्दै हिँडेका प्रचण्डलाई त्यसबेलै आफूहरुसँग आउन भन्दा नमानेको खुलासा गरे ।
‘एमाले र कांग्रेसले स्थानीय निर्वाचन र द्वन्द्वकालीन मुद्दा उचालेर एमाओवादीलाई सदनमै सक्न खोजेपछिमात्रै प्रचण्ड बाध्य भएर आउनुभयो’, अध्यक्ष किरणले भने, ‘संविधानसभाबाट निस्केर समाजवादी क्रान्ति छाडी नयाँ जनवादी क्रान्तिको कार्यदिशा अंगाले एमाओवादीसँग पार्टी एक हुन्छ ।’नेकपा-माओवादी संखुवासभाको जिल्ला सम्मेलन उद्घाटन गर्न शनिबार संखुवासभा पुगेका अध्यक्ष किरणले सबै जिल्लाको सम्मेलन सकेर चाँडै राष्ट्रिय महाधिवेशन गर्ने बताए ।सहमतिका लागि कांग्रेस र एमालेसँग विकल्प प्रस्तुत गर्दा पनि गम्भीर नभएकाले ०५२ साल दोहोर्‍याउ सक्ने संकेत गरे । पहिचानसहितको संघीयता कुनै हालतमा नछाडिने उल्लेख गर्दै अध्यक्ष किरणले पहिचानको मुद्दा स्थापित गर्न संघीयतावादीलाई एक बनाएर कांग्रेस नेतृत्वको सरकारलाई घुँडा टेकाइ छाड्ने दाबी गरे ।पत्रकारहरुको जिज्ञासामा अध्यक्ष वैद्यले एमाले बरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्थानीय निर्वाचन नभए आन्दोलन गर्ने भनी दिएको चेतावनी हास्यास्पद भएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु