साझा सोच नआउनुको दुभाग्य – छत्रबहादुर मैनाली
नेपालको प्रधानमन्त्रीहरुको इतिहास पल्टाउँदा वर्तमान प्रधानमन्त्री सुशील कोइराला ३७ औँ नम्बरमा पर्ने हुन्छ । यस अगावै ३६ जना व्यक्तित्वले मुलुकको कार्यकारीणी तहको पद प्रधानमन्त्री भएर सिंहदरबारको भित्तामा तस्बिर झुण्डाइसकेका छन् । इतिहासमा प्रधानमन्त्रीहरु मध्ये जङ्गबहादुर राणा, भीमसेन थापाको व्यक्तित्व, स्वभाव, कार्यशैली बारे आज पर्यन्त चर्चा चलिरहन्छ । निवर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले पदमा रहेकै बखत भीमसेन थापा जसरी सेरिन परे पनि सेरिन तयार छु भनेर भीमसेन थापाको अदम्य साहसको उदाहरणको रुपमा आफुलाई प्रस्तुत गरेका थिए । २०४६ सालको परिवर्तन पश्चात राजनीतिक भद्रगोलबाट वाक्कदिक्क बनेका नागरिकहरु अब मुलुकमा जंगबहादुरको उदय हुन जरुरी छ भनेर जंगबहादुर राणाको कठोर कार्यशैलीको स्मरण गर्नपुगेका छन् । आज मुलुकलाई कठोर नै भएपनि मुलुकको हित र जनताको पक्षमा काम गर्नसक्ने सच्चा सेवकको खाँचो रहेको बुझन सकिन्छ । हैन भने झन्डै २००-३०० बर्षगाडी जन्मेका भीमसेन थापा, जंगबहादुर राणाको स्मरण किन गर्नुपर्यो – मुलुकलाई, भीमसेन थापा, जंगबहादुर राणाको खाँचो छ भनेर । मुलुक सम्बृद्ध बन्नको निम्ति दृढ अर्जन दृष्टि राख्न सक्ने पात्रले मात्र सम्भव हुने हुँदा मुलुकले त्यस्तो पात्र कहिले पाउने होला – भन्ने आम चासोको बिषय बनेको छ । इतिहासमा उल्लेख भएअनुसार राष्ट्रको निम्ति आवश्यक परेको बखत बलिदानी दिने अजर अमर सहिदहरु, राष्ट्रिय योद्धाहरुको जति नै स्मरण गरे पनि तिनले पुर्याएको योगदानको चर्चा कमि नै हुनेछ । मुलुकलाई बिदेशी पञ्जाबाट जोगाइ राख्न हाम्रा पर्ुखाले पुर्याएको योगदानको सहि ढंगले कदर हुन सकेन । जसको कारण आज र्सवत्र ति गौरवशाली पर्ुखाहरुको स्मरण हुँदैछ । इतिहास भनेकै इतिहासमा समेटिएका घटना परिघटनालाई संकटको बखत स्मरण गर्नुहो । जुन बर्तमानमा स्मरण भइरहेको छ । पृथ्वीनारायण शाह, कालु पाण्डे, बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापा, भीमसेन थापा, जंगबहादुर राणा, विशे नगर्ची, राजा बिरेन्द्र आदिलाई मुलुकले सम्झी रहन्छ । मुलुकमा पटक-पटक राजनीतिक परिवर्तन भएर मुलुक सम्बृद्ध बन्छ भन्ने कल्पना गर्दा गर्दै समयले लामो नेटो काटीसकेको छ । उक्त समयावधि भित्र धेरै पात्रले मुलुकको नायक बन्ने सौभाग्य प्राप्त गरे तर आजसम्म महानायक हुन कसैले सकेनन । नायकको पगरी सम्हाल्न नसकेर खलनायकमा परिवर्तन हुने लहर चल्दै गएको छ । र्
वर्तमान प्रधानमन्त्री सुशुल कोइरालाको जीवनीलाई सरल जीवन, निडर, इमान्दार, आर्थिक मितव्ययिता आदि विशेषण दिएर चर्चा गरिन्छ । कार्यकालको शुरुवातमा जनहितको पक्षमा उभिएको भन्ठानेर बिस्वस्त हुन नपाउँदै छोटो समय भित्रै स्खलित बन्दै गएको व्यवहारले पुष्टि गरेको छ । र्सवप्रथम टनकपुर भारतको हो भनेर शुरुवातमै विवाद निम्त्याएर नेपाली जनताको नाडी छाम्न भ्याइसकेका छन् । यो जानी जानी गरेको गल्ति थियो । यो भनाइलाई कुनै पनि अर्थमा उहाँले भुलेर बोल्नु भएको हुँ भनेर लिन सकिंदैन । मुलुकको कार्यकारिणी पदमा विराजमान व्यक्तिले छाडा शैलीमा टनकपुर भारतको हो भन्दा कुन चाही नेपालीको रौँ ठाडो हुँदैन – उक्त भनेको चौतर्फी बिरोध भएपछि नेपाल तर्फो ७ मिटर भू-भाग भारतले मिचेको छ भनेर भन्नु भयो । यता यसो भनिरहँदा उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाई नेपाल भारत बिचको बिबादास्पद मिचिएको नेपाली भू-भाग सहितको नयाँ नक्सांकनमा हस्ताक्षर गर्न भारतले दवाव दिएको र्सार्वजनिक गरेका छन् । उक्त बिषयमा बामदेव गौतमले नेपालको सिमा विवाद अन्य स्थानमा पनि रहेकोले सबै एकै साथ टुंग्याउनु पर्छ भन्ने अडान लिएको खबर र्सार्वजनिक भयो । नेपाल भारत सिमा क्षेत्रमा सिमा स्तम्भ गायब भएका छन्, दशगजामा भारतले अन्तर्रााट्रय कानुन बिपरित भौतिक संरचना निर्माण, सिमा स्तम्भ जिर्ण्रार मर्मतको पर्खाइमा रहेको समाचार दिनहुँ जसो आउने गर्छ आफ्नो देशको सिमाना माथि हस्तक्षेप भइरहेको सर्न्र्द्धभमा आफ्नै भू-भाग समेत भारतको हो भनिदिँदा चोरलाई चौतारो भने जस्तै भएको छ । र्
भर्खरै सरकारले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेर विद्यार्थी संगठन सडकमा उर्लिएका छन् । बिद्यार्थी संगठनले तोडफोड, आगजनी गरेर राजनीतिक संस्कारलाई निरन्तरता दिएका छन् । भविष्यका कर्ण्रारहरुको रबैया हर्ेदा नेपाल बन्द र गाडी तोडफोड गर्नुमै गौरव मानेको र्छलग देखिन्छ । राजनीतिक पार्टीे झण्डा बोकेर सडकमा अबरोध खडा गरेर आम र्सवसाधारण जनतालाई दुःख कष्ट दिएर जनहितको काम गरेको ठानी रहेका छन् । राजनीतिक दलका भातृ संगठनप्रति आस्था र बिश्वास राख्नेहरुले यस्तो कार्यलाई निरुत्साहित गर्ने समय आएको छ । यस्तो अराजकता कसरी देश र जनताको हितमा हुन सक्छ – यो त केवल राजनीतिक दलहरुको शक्ति पर््रदर्शन एवं जनस्तरमा शक्ति पुनर्ताजगी गर्नु हो । ताकि ओ हो ! फलाना पार्टर्ीीे र्समर्थनहरुले आन्दोलन गरेर मूल्य वृद्धि फिर्ता अथवा मूल्य घट्यो भन्ने जस लिनको निम्ति हो यो सडक आन्दोलन । आखिरमा बार्ताको टेबलमा नबसी समस्या समाधान नहुने रहेछ त – किन अराजकता देखाएर हामीले गरेर मात्र हो नत्र भने सरकारले जनताको ढाड सेकाउने थियो भन्ने जस लिने – यो लेख लेखि रहँदा सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य घटाएको खबर र्सार्वजनिक भएको छ । आयल निगमका कर्मचारीहरुको सुबिधा कटौती समेतको खबर बाहिर आएको छ । यसले आन्दोलनमा लागेकाहरुको बिजय देखिएको छ । तर गाडी तोडफोड, आगजनी गरेर कुन कानुनी राज्यको परिभाषा दिंदै थिए – तोडफोड, आगजनी, उग्रतालाइ नै कानुनी राज्यको परिभाषा हो जसरी ब्यबहारमा उत्रेकाले यस प्रकारको अराजकताको अन्त्य हुनु पर्दछ भन्ने मान्यता हो । हैन भने मुलुकमा भएका सबै सैक्षिक संस्थामा पठन पाठन परिवर्तन गरेर तोडफोड र अराजकताको शिक्षा लागु गरे भै हाल्यो । भोलिको कर्ण्रार भनेर छात्ती फुलाउने हो भने काम पनि त्यहि अनुसार हुनु पर्यो । आन्दोलन नै गर्ने हो भने कुन माध्यम अपनाउदा साँप पनि मर्ने लौरो पनि नभाँचिने हुन सक्छ – बिकल्पको खोजीमा लाग्नु पर्ने आबश्यकता छ । परम्परागत बिरोधको शैलीमा बैज्ञानिक ढंगको बिरोधको सुत्र आविष्कार गरौँ ।
मुलुक अझै पनि राजनीतिक संक्रमणकालमा गुज्रि रहेको र्सवविद्धित छ । यस्तै संक्रमणकालिन समयको फाइदा उठाउदै अवसरबादी अराष्ट्रिय तत्वहरुको चलखेल गर्ने गर्दछ । यसमा हामी र्सतर्क हुनै पर्दछ बिगतको इतिहासलाई फर्केर हर्ेर्ने हो भने सत्ता टिकाउनकै निम्ति जम्बो मन्त्रीमंडल गठन गर्ने, नाताबाद कृपाबादलाई निरन्तरता दिने, काम गर्ने दण्डित बदनाम पुरस्कृत हुने, सांसद खरिद बिक्री हुने, गरेको अनगिन्ति घटना छन् । यसले दलिय स्वार्थपुरा गरे पनि राष्ट्रिय स्वार्थमा भने ठुलो धोखा दिएको छ । दलिय स्वार्थ, ब्यतिगत स्वार्थको टक्करमा मुलुकको स्वार्थलाई तिलान्जली दिएर मुलुकमा संक्रमण उत्पन्न गरिएको छ । यो जानी जानी तिनका स्वार्थपुरा हुनको निम्ति रचिएको चाल हो । राजनीतिक सिद्धान्त भिन्न भिन्न भएपनि राष्ट्रियता, राष्ट्रिय सवालमा समेत एक हुन सकेका छैनन् । एक हुन चाहँदैनन । जसले राष्ट्रिय स्वार्थमा ठुलो क्षति पुर्याएको छ । निवर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले बिबादै बिबादका बीच भारतसँग बिप्पा सम्झौता गरेर भारतीय शासकको नजरमा नजिक हुन पुगेका थिए । उक्त बिप्पा सम्झौतालाई लिएर आफ्नै पार्टीीकीकृत नेकपा माओबादी भित्र त्रि्र विवाद सिर्जना भएको थियो । यसैगरी सत्ताकै निम्ति मधेशवादी दलसँग ४ बुंदे सहमति गर्दा समेत विवाद उत्पन्न भएको थियो । उहाँले ७ बुंदे सहमति देखि, क्यान्टोन्मेंटमा हतियार रहेको कन्टेनर, चाबी प्रकरण, लडाकु समायोजन तथा पुनसस्थापना, त्रिभुवन अन्तर्रराट्रय विमानस्थलको मर्मत सुधार ब्यबस्थापनको जिम्मा विदेशीलाई दिन रचेको प्रपन्च बाहिर आएको थियो । जसको कारण आदर्शवादी बौद्धिक व्यक्तित्व, सरल जीवनको विशेषण देखावटी मात्र पो रहेछ भन्न बिवस भए उनका र्समर्थन शुभ चिन्तक समेत । यस्ता अनगिन्ति बिकृति र विसंगतिका पोका क्यान्सर भएर जरा गाडेको छ । आज मुलुक दिनप्रतिदिन कमजोर बन्दै गएको छ तै पनि मुलुकलाई अगाडी बढाउने बिषयमा साझा सोच नआउनु हाम्रो लागि दुभाग्य नै हो ।