सहकारी डुब्दा मख्ख परेको बैंक आज आफैँँ डुब्ने अवस्थामा !

सरकारी बैंकमा नै होस् या निजी बैंकमा । यता चाहेँ नागरिक सञ्जय कोषमा नै किन न होस् । सर्वसाधारण जनता विश्वासको भरमा आफ्नो जीवनभरको लगेर त्यहाँ राख्छन् । तर बैंक तथा सञ्जय कोषका कर्मचारीले शुन्य प्रतिशतदेखि ५ प्रतिशत ब्याजमा सहुलियत कर्जा पाउँछन् । एउटै कर्मचारीले बिना धितो २० लाखदेखि करोडसम्म कर्जा लिन्छन् । यसरी, आपूmले बैंकबाट सहुलियतमा निकालेको कर्जा ब्याज खानका लागि कर्मचारीहरु १६ देखि २२ प्रतिशत ब्याजमा सहकारीमा जम्मा गर्छन् । यता आपूmहरु पनि बीचमा बसेर नाफा भएको रकम खान्छन् । तर, पछिल्लो समय सहकारीहरु सबै चुर्लुम्म डुबेपछि वा भागाभाग भएपछि अहिले ती कर्मचारीहरुले बैंक तथा सञ्जय कोषको ऋण तिर्न सकेका छैनन् । ‘चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरे’ भनेझैँ यिनीहरुलाई पनि अहिले यस्तै भइरहेको छ । अहिले बैंक तथा सञ्जय कोषकै कर्मचारीहरु बैंक डुबाउन लागिपरेका छन् । ठूलो रकममा महिनाको १० देखि १५ प्रतिशत बढी नाफा कमाउन पाउँदा यिनीहरुले महिनाकै लाखसम्म ब्याज पाउन्थे । यसरी करोड रकम राखेपछि काम नै नगरी बसिबसि महिनामा लाखौँ रकम कमाइन्थ्यो । तर, बैंकमा जम्मा गरेको रकम सर्वसाधारणको हो ।
यता सर्वसाधारण थोरै ब्याजमा आफ्नो रकम बैंकमा राख्ने अनि बैंकका कर्मचारीहरु त्यही रकमको प्रयोग गरी धनी बन्ने । यता कति बैंकका कर्मचारीहरु सस्तो ब्याजमा कर्जा लिएपछि कि त मिटरब्याजमा पैसा लगानी गर्ने होइन भने सेयर तथा घरजग्गा । यसरी यिनीहरुले जनताकै पैसामा मोजमस्ती गर्ने र रमाउने । कति सहकारीमा बैंकका कर्मचारीले नै लगानी गरेका छन् । यता बैंकमा जागिर खाने अनि सर्वसाधारणले बैंकमा राखेको रकम सहकारीमा ल्याएर मिटरब्याजमा लगानी गर्ने । तर, अहिले सहकारीले करोडौँ बचतकर्ताको २० खर्बो रकम डुबाएर बचतकर्तालाई घर न घाटको बनाइदियो । पछिल्लो समय देशका आधाभन्दा बढी सहकारीहरु भागिसकेका छन् त नभागेकाहरु समस्याग्रस्त छन् । अहिलेकै कारण बचतकर्ताहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । सहकारीमा एउटै बचतकर्ताको १० हजारदेखि १० करोडसम्म डुबेको छ । तर, घरजग्गा, गाडी, सेयरलगायत वस्तुहरु बेचेर वा आपूmले जीवनभर कमाएको रकम राख्नेहरुको अहिले बिचल्ली भएको छ ।
पहिला विश्वासको आडमा सहकारीमा बचत गर्नेहरुको अहिले सहकारीबाट विश्वास उठिसकेको छ । त्यसैले, अहिले सहकारीमा पैसा राख्नेको भन्दा पनि निकाल्नेको लाम छ । यता सहकारीका सञ्चालकहरु कति देश छोडेर हिँडिसकेका छन् त कति लुकीलुकी । अहिले सञ्चालनमा रहेका सहकारीहरुले पनि सर्वसाधारणलाई विश्वास दिलाउन सक्ने छैनन् । अब नभागेका सहकारीहरु पनि केही दिनमै टाट पल्टिने छ । यता सहकारीमा पैसा निकाल्न गएका बचतकर्ताहरु कुनै रुइरहेका हुन्छन् त कुनै कराइरहेका । सहकारीले धेरैको अहिले कन्तबिजोग बनाएको छ । हाल सञ्चालनमा रहेका सहकारीमा हेर्दा त्यहाँ चुनावमा मतदान गर्न बसेको हो कि, खानेपानी, बत्तीलगायतको बिल भुक्तान गर्न बसेको हो कि, कुनै कलाकार आएको हुनाले सबैतिर लाइन लागेर बसेको हो कि जस्तो लाग्छ । सहकारीले पैसा फिर्ता नगरेपछि अहिले धेरै सहकारीका सामानहरु बचतकर्ताले आफ्नो घरतिर लगिसकेका छन् ।
अहिले सहकारीका बजार प्रतिनिधिहरु पैसा उठाउन हिडेपनि कोही पनि सुको रकम राख्दैँनन् । पहिला दिनहुँ लाखौँ रकम सहकारीमा जम्मा गर्नेहरुले अहिले सय रुपैयाँसमेत सहकारीमा राख्दैँनन् । पछिल्लो समय भूरादेखि बूढासम्मले सहकारीमा भएको बेथितिका बारेमा थाहा पाइसकेका छन् । एक वर्षको अवधिमै सहकारीहरु भागे र नभागेकाहरु पनि डुब्न थाले । अब सहकारीको दर्ता खारेज गर्नुपर्छ भनेर सर्वसाधारणले सरकारसमक्ष माग गरिसकेका छन् । सहकारीहरु यसरी भागेपछि र बचतकर्ताहरुको बिल्लीबाठ भएपछि यसबाट सरकार र बचतकर्ता दुवैले पाठ सिक्नुपर्छ । एक वर्ष अघिसम्म हाम्रो सहकारी बलियो छ वा हामीले यति जनालाई रोजगारी दिएका छौँ भनेर भन्नेहरु अहिले कर्मचारीलाई तलब दिन नसकेका, घरभाडा तिर्न नसकेर र बचतकर्ताको रकम फिर्ता गर्न नसकेर भागिसकेका छन् । तर, अब यो अवस्था बैंकमा आउने छ । बैंकका बचतकर्ताहरुको पनि बचत डुब्ने निश्चित भइसकेको छ । किनकि बैंकको रकम बैंककै कर्मचारीले चलाएका छन् । तर, त्यो रकम आज उनीहरु फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । यता बैंकमा धितो राखेर कर्जा लिएका व्यवसायीहरुले बैंकको साँवाब्याज तिर्न छोडिसकेका छन् त बैंकविरुद्ध आन्दोलन चर्कोइरहेका छन् ।
बैंकबाट ऋण लिने सबै व्यवसायीहरुले बैंकबाट लिएको ऋणको साँवाब्याज तिर्न सक्दैनौँ भनेर आन्दोलन सुरु गरिसकेका छन् । अबको एक वर्षपछि सहकारीजस्तै बैंक पनि बन्द हुने छ । सहकारीमा हिजो आँखा चिम्लेर बचत गर्दा आज बचतकर्ताको बिजोग भयो तर अब बैंकमा बचत गर्नेहरुको पनि यस्तै हुन्छ भनेर सर्वसाधारणले बुझिसकेका छन् । अहिले बजारमा घरजग्गा, गाडी र सेयरमा मन्दी आएको छ । यिनीहरुको किनबेच नै छैन । यति मात्र नभई हाल सञ्चालनमा रहेका होटल व्यवसायीदेखि हरेक व्यापारव्यवसायमा अहिले मन्दी आएको छ । यता निजी क्षेत्रहरु भने घरभाडा तिर्न नसकेर वा कर्मचारीलाई तलब दिन नसकेर रुवाबाँस छ । बैंक डुब्ने निश्चित भएपछि अहिले कति बैंकका सिइओहरुले राजीनामा दिएका छन् त कति दिने तयारीमा छन् । यता आफन्तजनहरुले पनि बैंकमा रकम जम्मा नगर्न सुझाव दिइसकेका छन् । ३२ सयमा किनेको एक कित्ता सेयरको मूल्य अहिले १८ सयमा आइपुग्यो तर १८ सयबाट पनि घटेर सय रुपैयाँमा आउँछ भनेर मानिसहरु बताउँछन् ।
यता आनाको ६० लाखमा किनेको जग्गा त्यसको आधा मूल्यमा बिक्री गर्छुभन्दा पनि बिक्री हुँदैन । दुई वर्षअघि ५० लाख हालेर किनेको गाडी अहिले ५० लाखमा बिक्री हुँदैन । अहिले सहकारी भाग्यो वा डुब्यो भन्दाभन्दै बैंक पनि डुब्ने अवस्थामा पुगेको छ । मानिसहरु दिन गएपछि रात आउँछ भन्थे ।
त्यसरी नै हिजो सहकारी भाग्दा बैंकहरु अब उक्त रकम हामी कहाँ आउँछ भनेर खुशी नै हुन नपाउँदै बैंक पनि डुब्ने अवस्थामा आइपुग्यो । अहिले अधिकांश बैंकहरु घाटामा गइरहेका छन् । उनीहरुले न सेयर लगानीकर्तालाई बोनस नै दिन सकेका छन् न कर्मचारीलाई भनेको समयमा तलब । अहिले बैंकले १६ देखि १८ प्रतिशतसम्म ब्याज दिन्छुभन्दा पनि बचतकर्ता रकम राख्दैनन् । यता बैंकको ऋण तिर्न नसकेर आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेपछि अहिले मानिसहरुले बैंकबाट ऋण पनि लिन छोडिसकेका छन् । बैंकले करोडको धितो राखेर ५० लाख रुपैयाँ ऋण दिने तर त्यो दिएबापत पनि ५ लाख ब्याज लिने । यता मानिसअनुसार ब्याज १८ प्रतिशतदेखि ४८ प्रतिशतसम्म लिने । तर, तीन कित्ता नतिर्ने बित्तिकै ऋणको नाम पत्रपत्रिकामा निकाली कालोसूचीमा राखेर करोडको धितो ४५ लाखमा खाने । पहिला सहकारीहरुले यसरी सर्वसाधारणलाई ठग्दाठग्दै
मानिसहरुले सहकारीमा पैसा राख्न र ऋण लिन दुवै छोडे । तर अहिले बैंकको पालो आएको छ । सहकारीहरुले एक लाख रुपैयाँ कर्जा दिँदा पनि २० हजार रुपैयाँ घुस मात्रै खान्छन् भनेर सर्वसाधारण बताउँछन् । हिजो करोड मूल्य पर्ने धितो भएकाहरु वा अर्बपति भएकाहरु आज सहकारी र बैंककै कारण सडकपति भएका हुन् । अहिले जनताको नजरमा सहकारी ठग, चोर हो भनेर प्रमाणित भइसकेको छ तर राज्य अहिले पनि यिनीहरुलाई कारबाही गर्न लागिपर्दैन । राज्यले यसप्रति ध्यान नदिँदा र आवश्यक ऐनकानून नबनाउँदा आज ऋणी त आत्महत्या गर्नुपर्ने अवस्थामा पुगे नै तर बचतकर्तासमेत मर्नुपर्ने अवस्थामा पुगेका छन् । अहिले बैंक तथा सहकारीबाट ऋण लिएकाहरु ऋण नतिर्नका लागि एकजुट भएका छन् । यता घुस खाएर हिजो ठुल्ठुल्ला कर्जा प्रवाह गर्ने बैंक तथा सहकारीका सञ्चालकहरु आज ऋणीले कुट्छ कि भनेर लुकीलुकी हिँडेका छन् । एक वर्षअघि एउटा सहकारी डुब्दा अन्य सहकारीका बचतकर्ताहरु त्यसको सहकारी त डुब्यो तर हाम्रो सहकारी त बलियो छ भन्दै अरुको दुःखमा हाँस्नेहरु आज त्यही पीडाबाट गुञ्जिरहेका छन् ।
तर, अहिले सर्वसाधारणले बैंक डुब्छ भनेर थाहा पाइसकेका छन् त बैंकले पनि सहकारीपछि हाम्रो पालो भनेर महसुस गरिसकेका छन् । सवारी लाइसेन्स लिँदा ढिलो जाँदा राम्रो कि चाँडो जाँदा राम्रो भनेर सोधिएझैँ बैंक तथा सहकारीहरुले चाँडै नाफा कमाउने लोभमा बचतकर्तालाई थोरै ब्याज दिई ऋणीलाई महंगो ब्याजमा त्यहीँ रकम लगानी ग¥यो ।
यता पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलामलाई भारतले गाडी बनाएर बेच्यो त बैंक तथा सहकारीले त्यहीँ गाडीलाई लाखौँ रुपैयाँ कर्जा दियो । उता बैंक आफैँँले सय रुपैयाँमा निष्काशन गरेको सेयरलाई २५ सयसम्म कर्जा दिइयो । तर, सरकारले २० हजारसमेत नतोकेको जग्गालाई दलालीको लौँलौँमा लागेर त्यहीँ जग्गालाई लाखौँ रुपैयाँ कर्जा दियो । यसरी बैंक, फाइसन्स र सहकारीहरु चुर्लुम्मै भए त बचतकर्ताको रुवाबाँस बन्यो । अब अरु डुबेको देखेर पाठ सिकौँ र आफ्नो भएको रकम वित्तीय संस्थाबाट निकालौँ । साथै, अरुलाई पनि डुब्नबाट जोगौँ ।
– रुषा थापा, भक्तपुर