१४ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा !

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको जनाएको छ । कालो सूचीमा राख्नु नपर्ने कारणसहित लेखी पठाउन सूचना जारी गरे पनि लिखित स्पष्टीकरण नआएपछि अनुगमन कार्यालयले पुन: सूचना जारी गरेको छ । सूचनामा सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।