सर्न्दर्भः पेट्रोलियम पदार्थको मूल्य वृद्विको – युवराज सफल
नेपाली बजारमा यतिखेर दैनिक जीवनमा प्रयोग भई रहने पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्य वृद्विको कारणले गर्दा यसको चौतर्फी आलोचना र विरोध भएको छ । यसै विषयलाई लिएर विभिन्न पार्टीनकट युवा तथा विद्यार्थीहरु तथा ३३ दलीय मोर्चासमेत असन्तुष्ट भएका छन् । महंगी र मूल्य वृद्विको विरुद्वमा युवा तथा विद्यार्थीहरुले देशभर विरोध पर््रदर्शन गरेका छन् भने उपत्यका बन्दको कार्यक्रम पनि सम्पन्न भएका छन् । नेपाली बजारमा यसरी दैनिक उपभोग्य बस्तुको रुपमा रहेको पेट्रोलियम पदार्थको मूल्य बढ्नु र यसको विरुद्वमा आन्दोलन हुनु नयाँ र नौलो कुरा हैन । पटक-पटक मूल्यवृद्विवारे आन्दोलन भएपनि त्यो सहमतिको कार्यान्वयन भएका छैनन् । सरकार वा सम्बन्धीत पक्षले मूल्य वृद्वि गर्नु पर्नेको वैज्ञानिक कारण देश र जनता सामू राख्न सकेको छैन । हचुवामा विभिन्न कृत्रिम कारण देखाएर मूल्यवृद्वि गरेर नेपालीको ढाड सेक्नु सरकारी संस्थानहरुको दिनचर्या तथा पेशानै भएको छ । नेपाली जनताले कहिले पनि आकाशिदो महंगी र मूल्य वृद्विको विरुद्वमा सामुहिक आन्दोलन या संर्घष्ा गर्न नसकेको कारण सरकारी संस्थानहरुको मनोवल बढिरहेको छ । नेपाली नागरिकमा भएको यही कमजोरीको डवल फाइदा उठाउदैँ जनतामारा सरकारी संस्थानहरु पटक-पटक नेपाली जनताको सामू मूल्य वृद्वि गरिरहेका छन् । यसरी मूल्यवृद्वि भइरहँदा नेपाली नागरिकलाई यसबारे भएको सत्य तथा यथार्थ जानकारी नभएको हो वा भएर पनि बुझ पचाएको हो त्यो भने अहिल्यैसम्म बुझ्न सकिएको छैन । तर्सथ पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्वि बारेमा आम जनसमूदायलाई अलि-अलि भएपनि यथार्थ जानकारी उपलब्ध गराउने उद्देश्यका साथ यो लेख लेख्ने प्रयास गरिएको छ । आसा छ यस लेखले अलि-अलि भएपनि यससम्बन्धी जानकारी दिनेछ र महंगी र मूल्य वृद्विको विरुद्वमा आवाज उठाउन आम नेपाली जनतालाई सहज पार्ने छ ।
पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्य वृद्वि बारे
हाम्रो देश पेट्रोलियम पदार्थमा परनिर्भर रहेको छ । लामो समय देखि पेट्रोलियम पदार्थको माग भारतले पूरा गरिरहेको छ । भारत बाहेक अन्य देशबाट पेट्रोलियम पदार्थको आपूर्ति गर्ने व्यवस्था हालसम्म भएको छैन । यर्सथ नेपालमा हुने पेट्रोलियम पदार्थको कारोवारमा विगत देखिनै भारतले एकछत्र राज गरिरहेको छ । त्यस्तै खाना पकाउने ग्याँसको समेत आपर्ूर्ति भारतबाट हुने गरेको छ । नेपाल सरकारले पेट्रोलियम पदार्थ एवम् खाना पकाउने ग्याँस बारे आजसम्म दिर्घकालीन ठोस नीति तथा कार्यक्रम बनाउन सकेको छैन तर्सथ हामी नेपाली बारम्बार महंगी मूल्य वृद्वि र अभावको सामना गरिरहेका छौँ । यसरी महंगी र मूल्य वृद्विको निम्न कारणहरु रहेका छन् ।
क. कमजोर व्यवस्थापन
मूल्यवृद्वि हुनुको प्रमूख कारण कमजोर व्यवस्थापन हो । खासगरी नेपाल आयम निगम सञ्चालन गर्ने निकायको कमजोरीको कारणले नै आज आयल निगमले अनेक बाहनामा मूल्यवृद्वि गरिरहेको छ । आयल निगमका हाकिमहरु निगमलाई सुधार्नु भन्दा पनि निगममा ब्रहृमलुट मच्चाउन र आफ्नो स्वार्थ पूरा गर्न लालायित छन् । आयल निगममा टिकि राख्न विभिन्न राजनीतिक शक्ति केन्द्रहरुलाई रिझाउन आयल निगमका हाकिमहरुलाई भ्याइ नभ्याई छ । निगमलाई सुधानु भन्दा निगम डुवाउनुलाई उनीहरु आफ्नो कर्तव्य ठान्ने गर्छन् । उनीहरुको यस्तै रवैया तथा कमजोर व्यवस्थापनको कारण नेपाल आयल निगम टाट पल्टिदैँ छ भने यस संस्थामा काम गर्ने हाकिमहरु म्ाोटाउन थालेका छन् ।
ख. निगमभित्रको भएको अनियमिता तथा अराजकता
पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने र आम उपभोक्तालाई र्सवसुलभ मूल्यमा पेट्रोलियम पदार्थको व्यवस्था गर्नका लागि स्थापित नेपाल आयल निगम कथित निगम संचालकहरुलाई दुहुनो गाई सावित भएको छ । जसरी एउटा बाच्छोले आफ्नो माउको दुध आउन्जेल चुसिरहन्छ ठिक त्यसैगरी निगम संचालक समिति र यसका हाकिमहरु निगमलाई यसैगरी चुसिरहन चाहन्छन् । निगम भित्र हुने गरेका अनियमितता हटाउन र निगमलाई स्वच्छ बनाउन निगमका संचालक समिति र यहाँ आफूलाई निगमका ठेकेदार हुँ भन्ने कथित हाकिमहरुको ध्यान गएको पाइँदैन । खालि उनीहरु कसरी निगमलाई डुवाउने भन्ने कुरामा मात्र लागेका छन् । आयल निगम भित्र थुप्रै अनियमितता भएका छन् ति अनियमिततालाई निम्नानुसार राख्दा उपयुक्त ठहर्ला ।
१. आयल निगमले कथित नेता, उच्चस्तरीय सरकारी अधिकारी लगायत अन्यलाई विभिन्न कारण र प्रसंगमा हजारौँ लिटर पेट्रोलियम पदार्थ बाँढ्ने गरेको छ । सोही कारण लाखौँ रुपैयाँ पाउनबाट निगम बञ्चित भएको छ ।
२. निगमभित्र अनेक विकृति विसंगति भित्र्याएर निगममा लुट मच्चाउने तत्वहरुको कारण निगम धरासायी बन्न पुगेको छ । विभिन्न कालाबजारी, मिसावट जस्ता कारणले पनि अनियमितता हुने गरेको छ । यस कारणले गर्दा पनि आयल निगम घाटामा छ ।
३. आयल निगम संचालक समितिले जहिल्यै पनि निगमलाई घाटामा गएको देखाई करोडौँ रुपैँया तर मार्ने गरेका छन् । संस्था टाट पल्टदा समेत निगम माफिया तथा उच्च निगमका अधिकारी भने बोनस बाँढेर खान पुगेको तर हातमा आइसकेको करोडौँ रुपैयाँ निगमका कर्मचारीहरुले फिर्ता गरेको धेरै भाको छैन । त्यस्तै निगम डुवाएको कारण निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवाललाई केही दिन अख्त्ियार दुरुपयोग अनुसन्धान आयोगले टंगालको हिरासतमा राखेर बनाउन लिएको पनि धेरै भएको छैन ।
४. आयल निगम संचालक समिति मिल्ने र पाउने भए महिनाको तीस पटकनै पेट्रोलियम पदार्थको मूल्यवृद्वि गर्न पनि पछि पर्दैनन् तर निगममा देखिएका तमाम विकृति, विसंगति हटाउन कहिल्यै तयार हुदैनन् । निगममा बसेर निगमभित्र ब्रहृमलुट मच्चाउने र सधैँ निगमलाई घाटा देखाएर आफू मोटाउनेहरुलाई कार्बाही गर्ने हिम्मत कसैले गर्न सकेको छैन । निगमभित्र रहेका भ्रष्ट तथा माफिया कर्मचारीहरुलाई कार्बाही गरेमा निगम लुटेको झोस पोल दुनियाँ सामू हुने भय निगमका हाकिमहरुलाई छ भने निगम लुट्ने हाकिमहरुलाई कार्बाही गरौँ भने आफूहरुले बर्षौदेखि लुट्दै आएको साम्राज्य कतै खोसिने र निगम डुवाएकै कारण जेलको चिसो छिडिमा रात बिताउनु पर्ने होकी भन्ने भए निगम संचालक समितिलाई छ । यही कारण नेपाल सरकारको स्वामित्वमा रहेको आयल निगम झन झन कमजोर बन्दै गएको छ । यसलाई सुधार्ने जिम्मा कसैले लिएका रहेनछन् भन्ने कुरा देश दुनियाँ सामू र्छलङ्ग भएको छ ।
५. आयल निगमलाई साँच्चै एउटा सहि व्यवस्थापनमा ल्याउन सरकारले पहल गर्नसकेको छैन । निगम सुधार्न जति पहल भए पनि झारो टार्नु बाहेक अन्य काम हुन सकेको छैन । जति समिति र आयोग बनाई प्रतिवेदन तयार भएपनि आजको मितिसम्म आयल निगम सुध्रन सकेको छैन । झन-झन यसको अबस्था विकराल बन्दै गइरहेको छ । आयल निगम डुवाउनेहरुलाई कार्बाही गर्न गठित निकायनै विभिन्न प्रलोभनमा विक्ने गरेका कारण यस सम्बन्धी कुनै सुधारका संकेतहरु समेत देखिएको छैन । अनावश्यक रुपमा पेट्रोलियम पदार्थको भाउ बढ्दा नेपाली जनताले सास्ती पाएका छन् भने मूल्यवृद्वि विरुद्व हुने पर््रदर्शनले पनि नेपाल र नेपालीलाई करोडौँको घाटा पारिरहेको छ ।
पेट्रोलियम पदार्थको भाउ बढाइनुको भित्री रहस्य
हाम्रो देशमा पटक-पटक पेट्रोलियम पदार्थको भाउ बढ्ने गरेको छ । नेपाल आयल निगम संचालन गर्ने ठेकेदारहरु अन्तर्रराट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारण मूल्य वृद्वि गरिएको बताउँछन् । उनीहरुको भनाईमा केही सत्यता होलान् तर त्यो त एउटा बाहना मात्र हो । जब-जब नेपालमा नयाँ सरकार बन्छ तबतब आफ्नो सरकारको आयू लम्ब्याउन पेट्रोलियम पदार्थको मूल्यवृद्वि हुने गरेको छ । दुनियाँलाई थाहा भएको कुरा के हो भने नेपालको सरकार निर्माण देखि सबै कुरा दक्षिणकै इसारामा हुने गरेको छ । खासगरी दक्षिणलाई खुसी पार्ने गरी अझ भनौँ दक्षिणलाई सरप्राइज दिने गरी कोशेली स्वरुप पेट्रोलियम पदार्थको मूल्य वृद्वि गरिन्छ । दक्षिणलाई खुसी पारिन्छ अनि आफ्नै देशको नागरिकको महंगी र मूल्य वृद्विले ढाड सेकिन्छ । अझ तेल माफियाहरुको अनावश्यक चलखेलको कारण पनि अनावश्यक मूल्य वृद्विको सामना गर्न हामी बाध्य भएका छौँ । निगम संचालकहरु अनेक बाहनामा कैयँन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्वि गर्दै आफ्नो स्वार्थ पुरा गरिरहेका छन् । यत्रो गाइजात्रा हुँदा हुदैँ पनि हामी चुपचाप बस्न विवश र बाध्य छौँ ।
मूल्य वृद्विबाट छुटकारा पाउने उपाय
नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्विबाट छुटकारा पाउन सक्छ या सक्दैन भन्ने प्रसंग ज्वलन्त रुपमा उठ्ने गरेको छ । सम्पूण् रुपमा पेट्रोलियम पदार्थको माग भारतबाट पूरा हुने गरेको छ । भारत बाहेक अन्य देशबाट पेट्रोलियम पदार्थको आपूर्ति गर्ने व्यवस्था हाम्रो देशको सरकारले गर्न सकेको छैन । अत मूल्यवृद्विबाट छुटकारा पाउन हामीले निम्न कार्यहरु गर्न सक्दछौँ ।
क. र्सवप्रथम हाम्रो देशमा पेट्रोलियम पदार्थहरुको विभिन्न खानीहरु रहेको भनी बारम्बार हल्ला चल्ने गरेका छन् । विभिन्न सम्भावित ठाउँहरुमा अन्वेषण तथा उत्खनन् गरी यदि पेट्रोलियम पदार्थ फेला परेमा आफ्नै देशमा पेट्रोलियम पदार्थको व्यवस्था हुने हुँदा केही रुपमा आफैँ पनि पेट्रोलियम पदार्थमा आत्मनिर्भर हुनसके सबैभन्दा राम्रो र व्यवहारिक उपाय त्यही नै हो ।
ख . त्यसैगरी नेपालले जुनसुकै मूलुकबाट भएपनि पेट्रोलियम पदार्थको आपूर्ति पूरा गर्नसक्ने प्रावधान कायम भएमा नेपालले प्रतिस्पर्धात्मक तरिकाबाट पेट्रोलियम पदार्थको आयत गर्ने र सुलभ मूल्यबाट पेट्रोलियम पदार्थ पाउने हुन्थ्यो ।
ग. नेपालमा हालसम्म नेपाल आयल निगमले मात्र पेट्रोलियम पदार्थको कारोवार गरेको कारण पनि आम उपभोक्ताले मूल्यवृद्विको सामना गर्नुपरेको छ । एकलौटी रुप्ामा उसले राज गरिरहेको छ । कर्मचारी संचय कोष र सरकारको करोडौँ डुबाएर अर्बौँ डुवाउने खेलमा आयल निगमका हाकिमहरु लागेका छन् । तर्सथ पेट्रोलियम पदार्थको कारोवार गर्ने अधिकार नीजी क्षेत्रलाई पनि दिने व्यवस्था मिलाईनु पर्छ जसको कारण प्रतिस्पर्धात्मक शैलीबाट आम उपभोक्ता वर्गले र्सवसूलभ मूल्यमा पेट्रोलियम पदार्थ पाउँदछन् ।
घ. अनेक बाहना र चाहनामा निगमबाट उच्च पदस्थ देखि अन्यलाई उपहारस्वरुप दिने गरेको लाखौँ लिटर रोक्नु पर्दछ र निगमलाई चुस्त, वैज्ञानिक ढंगबाट संचालन गरिनु पर्दछ ।
ङ . विभिन्न पार्टी नेता तथा कार्यकर्ताले आयल निगमबाट अदृश्य रुपमा लाखौँ करोडौँ मासिक, त्रैमासिक नजराना बुझ्ने गरेका छन् अतः अनावश्यक रुपमा पैसा वितरण गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ । यसले गर्दा पनि निगम घाटमा जानेवाला छैन ।