नेपाल कम्युनिस्ट पार्टी र र नेकपा माओवादी समाजवादीबीच एकता हुँदै

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ। नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टीबीच भोलि चैत १ गते एकताको घोषणा गर्ने कार्यक्रम रहेको नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले जानकारी दिए ।
नेता शर्माका अनुसार भोलि दिउँसो २ बजे काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा पत्रकार सम्मेलनमार्फत एकताको घोषणा गर्ने कार्यक्रम रहेको छ । बिचार, राजनीति , कार्यदिशा, संगठन र बर्तमान परिस्थितिको मुल्यांकनमा समान धारणा र बुझाई रहदै आएका यी दुई पार्टीबीच विगतमा सहकार्य र कार्यगत एकता हुँदै आएको थियो।