पोखरा विश्वविद्यालयमा तालाबन्दी

२०७० चैत्र १२ गते, बुधबार

काठमाडौं,१२ चैत ।नेकपा-माओवादी निकट अखिल क्रान्तिकारीले विगतमा भएको सहमति कायन्वयन नगरेको भन्दै पोखरा विश्वविद्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्तर्गत उपकुलपति, रजिष्ट्रार कार्यकक्ष, योजना महाशाखा र सम्पर्क कार्यालय काठमाडौमा कालो व्यानर सहित तालाबन्दी गरेको छ ।
अखिल क्रान्तिकारीका पोखरा विश्वविद्यालय समन्वय समितका संयोजक प्रेमबहादुर खड्काले विज्ञाप्ती जारी गरि विश्वविद्यालयले विद्याथीका हकहित, गुणस्तरिय शिक्षा, चुस्त प्रशासन लगायतका विषयमा गरिएका सहमति कार्यान्वयन नगरेकाले तालाबन्दी गरिएको जानएका छन् ।
उसले २०७० बैसाख २५, असोज १ र पुस २२ गते भएका सहमति कार्यान्वयन गरिनुपर्ने, आंङ्गिक कलेज नखोली नयाँ सम्बन्ध नदिने विषयमा भएको सहमति लागु गरिनुपर्ने, ९ वटा कलेजललाई सम्बन्धन दिँदा भएको सहमति कार्यान्वयन हुनु पर्ने लगायतका माग राखेको छ । चैत्र १८ गतेसम्म सहमति नभए कडा आन्दोलन गर्ने उसले चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार