नेपाली नयाँ जनवादी क्रान्तिमा युवाहरुको दायित्व – हस्तबहादुर केसी
पृष्ठभूमिः
आज नेपाली कम्युनिष्ट आन्दोलनले ६४ वर्षर १० महिना पार गरिसक्यो । यसको स्थापना कमरेड पुष्पलालको -सन् १९४९ अप्रिल २२) मा भारतको कोलकत्तामा भएको थियो । यसका अन्य संस्थापकहरूमा निरञ्जन गोविन्द वैद्य, राम विलास जोसी र नरबहादुर कर्मचार्य थिए । यी चारैजना संस्थापकहरू युवा अवस्थामा थिए । कार्ल मार्क्स -१८१८ – १८८३) र फेडरिक एंगेल्स -१८२० – १८९५) ले सन् १८४८ मा विश्व विख्यात कम्युनिष्ट घोषणापत्र जारी गरेको ठीक १०१ वर्षपछि, सन् १९१७ मा विश्व र्सवहारावर्गका महान नेता भी.आई. लेनिनको नेतृत्वमा महान रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न भएको ठिक ३२ वर्षपछि र भारतमा तेलंगा सशस्त्र कृषि क्रान्ति संचालन भइरहेको अवस्था तथा चीनमा विश्व र्सवहारावर्गका अर्का महान नेता तथा चीनीया कम्युनिष्ट पार्टी शिक्षाध्यक्ष कमरेड माओत्सेतुङको नेतृत्वमा -सन् १९४९) महान चीनियाँ नयाँ जनवादी क्रान्तिले अन्तिम विजयको शिखर चुमीरहेको अवस्थामा र स्वदेश नेपालमा करीव एकसय शताब्दि भन्दा पहिलेदेखि चरम निरंकुश तथा अधिनायकवादी एवं जहानीया राणा शासनका विरुद्ध चर्को विरोध भइरहेको अवस्थामा महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादसम्म पुग्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टीे स्थापना गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टर्ीीसियाई देशका कम्युनिष्ट पार्टीमा सबभन्दा कान्छो कम्युनिष्ट पार्टीे रुपमा पठन हुन पुगेको थियो । त्यसैबेला केन्द्रीय संगठन समिति बन्यो र महासचिव कमरेड पुष्पकमललाई चयन गरियो ।
नेपाल कम्युनिष्ट पार्टी २००६ साल वैशाख १२ गतेका दिन जनताका नाममा एउटा अपिल प्रकाशित गरेको थियो । जहानीया राणा शासनका विरुद्ध पूण् नागरिक स्वतन्त्रका लागि लड्न र त्यसका निम्ति जनतासँग अनुरोध गरिएको थियो । र सामन्तवाद तथा साम्राज्यवाद एवं विस्तारवादका विरुद्ध संर्घष्ाका बीचबाट पूण् नागरिक स्वतन्त्रता हासिल गरि नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद र साम्यवादसम्म जाने लक्ष्य किटानका साथ उद्घोष गरिएको थियो । त्यतिबेलै मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको वर्ग विश्लेषण गरिएकोले नेपालमा नेकपाको मूल नीति र कार्यक्रम अर्थात राजनीतिक कार्यदिशा र्सवहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध आम जनसमुदायको एकताद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने मान्यतामा आधारित नेपाली नयाँ जनवादी क्रान्तिको रणनति र कार्यनीति निक्र्योल गरिएको थियो । अतः स्थापनाकालसँगै नेपाल कम्युनिष्ट पार्टर्ीी नयाँ नेपाली जनवादी क्रान्ति स्पष्ट खाका कोर्नुका साथै आफ्नो लक्ष्य र उद्देश्यहरू स्पष्टताका साथ अघि सारेको थियो । तर स्थापनाको समयावधिको हिसाबले नेपाली कम्युनिष्ट आन्दोलनले करीव ६५ वर्षपार गर्नै थालेको छ भने अझैसम्म पनि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामै गुज्रीरहेको छ । महान नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने काम बाँकी नै छ । नेपाली क्रान्तिकारी कम्युनिष्टहरूको महान नेपाली नयाँ जानवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक कार्यभारहरू अधुरै छन् र नेपाली जनताका नेपाली क्रान्तिका महान तथा सुन्दर सपनाहरू अधुरै छन् । अहिले आएर इतिहासमै साम्राज्यवादी तथा विस्तारवादीहरूको हस्तक्षेप र थिचोमिचो झनै बढेर गएको छ । राष्ट्रिय स्वाधिनताको प्रश्न अत्यन्तै नाजुक बनिरहेको छ ।
नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा छ । यथास्थितिवादीहरू र सबैखाले संशोधनवादीहरू एउटै प्रतिक्रियावादी कित्तामा सामेल भएका छन् र साम्राज्यवादी तथा विस्तारवादीहरूका गोटी बनिरहेका छन् । साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र ग्राण्डडिजाइनमा नेपाल स्थित तीनका दलालहरूले नेपाललाई सिक्किमीकरणको दिशामा लैजाने र नेपाललाई भारतमा गाभने उद्देश्यका साथ गत मंसिर ४ गते कथित दोश्रो संविधान सभाको निर्वाचनको नौटंकी नाटक मञ्चन गरेर कथित संविधान सभामा साम्राज्यवादी तथा विस्तारवादी पक्षधर प्रतिक्रियावादी शक्तिहरूले दुय तिहाई भत्न्दा बढि बहुमत हासिल गरिसकेका छन् । र अब ती दलालहरूबाट पश्चगामी तथा प्रतिक्रियावादी संविधान घोषणा गर्ने अवस्था उनीहरूका निम्ति सुनिश्चित बन्न पुगेको छ । मुलुक यतिबेला चरम पश्चगामी प्रतिगमनकारी शक्तिहरूको चपेटामा परेको छ । हामी माओवादी क्रान्तिकारीहरूले ठिक २ण् महिना पहिले नवसंशोधनवादी समुह एकीकृत नेकपा -माओवादी) सीत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीेकपा – माओवादी गठन गर्यौं भने ठिक १३ महिना पहिले पार्टीीे सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर जनयुद्धको जगमा जनव्रि्रोहको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा पारित गरिसकेका छौं । गत मंसीर २३ – २९ मा काठमाडौंमा सम्पन्न हाम्रो पार्टीे तेश्रो पूण् बैठकले जनयुद्धको जगमा जनव्रि्रोहको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई थप परिमार्जन गर्दै अघि बढ्ने निर्ण्र्ाागरिसकेको अवस्था छ । अतः यस प्रकारका विषयम परिस्थितिमा नेपाली नयाँ जनवादी क्रान्तिका कार्यहरू कसरी पूरा गर्ने र त्यसमा नेपाली युवा कम्युनिष्टहरूको दायित्व के हुने भन्ने विषयमा केन्द्रित भएर यो लेख लेख्न प्रयत्न गरिएको छ ।र्
बर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको अवस्थाः
माथि पनि उल्लेख गरिसकिएको छ, आज नेपाली कम्युनिष्ट आन्दोलन ६४ वर्षर १० महिना पार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिष्ट आन्दोलन भित्र वर्ग संर्घष् र विचार धारात्मक अन्तरसंर्घष्ा तथा दुइलाइन संर्घष्ाका अनेकौं जटिल वाङ्गाटिङ्गा र कहालिलाग्दा घुम्तिहरू रहेका छन् । र्सवविदितै कुरा हो कि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समूह उपसमूहहरूमा विभाजित रहँदै आएको छ । अतः सारमा यस आन्दोलन भित्र क्रान्तिकारी र संशोधनवादी गरि दुइ परस्पर विरोधी धाराकै बीचको द्वन्द्व प्रमुख बनेर आएको छ। क्रान्तिकारी कार्यदिशा र संशोधनवादी कार्यदिशा बीचमा मतभेद उत्पन्न भएकै कारण र त्यसलाई दुइलाइन संर्घष्ा तथा विचारधारात्मक अन्तरसंर्घष्ा संचालनको विधि र पद्धति मुताविक हल गर्न नसकेकै कारण नेपाली कम्युनिष्ट आन्दोलन भित्र भीषण अन्तरसंर्घष्ा र विचाराधारात्मक संर्घष्ा चलिरहेको छ । अतः सारमा भन्नुपर्दा आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी धारा जसको प्रतिनिधित्व नेकपा -एमाले) र एकीकृत नेकपा -माओवादी) ले गरिरहेको छ, त्यस धाराले आज आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि संशोधनवादी, आधुनिक संशोधनवादी एवं नवसंशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ भने यसको ठिक विपरित नेपाली कम्युनिष्ट आन्दोलनले गरिरहेको छ र यस धाराले आज आफूलाई मार्क्सवादी – लेनिनवादी – माओवादीका रुपमा गुणात्मक ढंगले विकसीत तुल्याउँदै महान १० वर्षो जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक कार्यभार पूरा गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको अवस्था छ । अतः अन्तिम संशलेषण गर्दा के निष्कर्षा पुग्न सकिन्छ भने अहिले पनि आन्तरिक रुपमा दिक्षणपन्थि संशोधनवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवाद नै नेपाली नयाँ जनवादी क्रान्तिको मुख्य बाघकको रुपमा खडा हुन पुगेको छ भने बाहृय रुपमा साम्राज्यवाद तथा विस्तारवाद र तिनका नेपाली दलालका रुपमा रहेका यथास्थितिवादी एवं प्रतिक्रियावादी शक्तिहरू मुख्य बाघकको रुपमा खडा हुन पुगेको छ । अर्थात् सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद एवं देशीय दलाल तथा नोकरशाही पुँजीवादी वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको मुख्य दुश्मनका रुपमा खडा हुन पुगेको छ । यी दुवै नेपाली नयाँ जनवादी क्रान्तिको मुख्य बाधक शक्तिहरूलाई भिषण दुइलाइन तथा विचारधारात्मक अतिसंर्घष् र भीषण वर्गसंर्घष् संचालन गरेर मात्र निर्मूल पारेर महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद र समाजवादमा पुग्ने ढोका खोल्न सकिन्छ ।
क्रान्तिको निर्णायक नेतृत्वदायि शक्ति नेकपा – माओवादीः
विश्व र्सवहारावर्गका महान नेता भी. आई. लेनिन र अर्का नेता कमरेड माओत्सेतुङले क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीीवना क्रान्ति असम्भव छ” भन्ने संश्लेषण गर्नुभएको छ । लेनिन र माओको यही महान उद्घोषलाई आत्मसात गर्दै हामीले मार्क्सवाद – लेनिनवाद – माओवाद जस्तो क्रान्तिकारी सिद्धान्तलाई पार्टीे पथप्रदर्शक सिद्धान्त र मार्गदर्शक सिद्धान्तको रुपमा अँगाल्दै आएका छौं । अर्थात् हाम्रो क्रान्तिकारी सिद्धान्त मार्क्सवाद – लेनिनवाद – माओवाद हो भने हामीले ठिक २० महिना पहिले नवसंशोधनवादी समूह एकीकृत नेपाल कम्युनिष्ट पार्टीमाओवादी) सीत सैद्धान्तक तथा सांगठनिक दुवैबाट सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीेपाल कम्युनिष्ट पार्टी माओवादीकेा पुनगर्ठन र निर्माण गरिसकेका छौं ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी नेपाली र्सवहारावर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता हो र वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको अन्तिम नेतृत्वदायी राजनीतिक शक्ति पनि हो । त्यसो भएर हामीले गत मंसीर २३ – २९ मा सम्पन्न पार्टर्ीीे तेश्रो पर्ूण्ा बैठकले पार्टीाहिरका सम्पूण् क्रान्तिकारी कम्युनिष्टहरूलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकार किम्युनिष्ट केन्द्रको निर्माण गर्ने निर्ण्रागरिसकेका छौं । र्सवविदितै कुरा हो नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा छ । हामी भन्दा बाहिर रहेका तथा विभिन्न खाले संशोधनवादमा पतन भइसकेका समूह उपसमूहहरूभीत्र पनि विभिन्न कारणले अर्थात् विविध प्रकारका सैद्धान्तिक – वैचारिक भ्रम र अन्यौलका कारणले ठूलो संख्यामा क्रान्तिकारी कम्युनिष्टहरू तितरवितर भएर रहेका छन् । तिनलाई वैचारिक सैद्धान्तिक रुपमा सुस्पष्ट पार्दै हामीले क्रान्तिकारी धारामा सामेल गर्न अनिवार्य आवश्यकताको विषय बन्न गएको छ, यो महान कार्य गर्ने पूरा गर्ने दायित्व पनि हामी क्रान्तिकारी माओवादीहरूको काँधमा आएको छ । यो दायित्वलाई हामीले कुशलतापूवक पूरा गर्नुपर्ने छ ।
दोश्रो कुरा उक्त तेश्रो पूण् बैठकले संयुक्त मोर्चा निर्माणको विषयलाई पनि महत्वका साथ अगाडि बढाएको छ । तत्कालै पार्टी पार्टीे नेतृत्वमा जबस, मोर्चा आदिलाई समेटी केन्द्रदेखि स्थानीय तहसम्म प्रभवाकारी मोर्चा बनाउने निर्ण्रागरेको छ भने पार्टीाहिर ३३ दलीय राजनीतिक मोर्चालाई आवश्यक परिमार्जन सहित कायमै राखेर अघि बढाउने र राष्ट्रवादी शक्तिहरूलाई समेट्दै नेपाली राष्ट्रिय मुक्ति आन्दोलन र नेपाली नयाँ जनवादी क्रान्तिलाई सफल तुल्याउनका लागि देशभक्त, जनवादी तथा वामपन्थि एवं प्रगतिशील शक्तिहरूलाई गोलबन्द गरि नयाँ राष्ट्रिय संयुक्त मोर्चाको निर्माण गर्ने अपरिहार्यतालाई पनि अत्यन्तै गहिराइका साथ भहसुस गरेर अगाडि बढ्ने निर्ण्र्ाागरि सकेको छ । नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि आवश्यक हतियार पनि छन् । अतः यहाँ नेपाली नयाँ जनवादी क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति नेकपा – माओवादी भएकोले यस क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्ने प्रमुख दायित्व पनि यही पार्टीीे काँधमा आएको छ । नेकपा – माओवादीले मजुदर किसान एकताको आधारमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य निर्धारण गरिसकेको छ । अर्थात् नेकपा – माओवादीको न्यूनतम लक्ष्य नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हो भने अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवाद हो । यसको प्राप्तीको लागि आधारभूत कार्यक्रमका रुपमा जनव्रि्रोह माफृत नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यनीतिक कार्ययोजना तर्जुमा गरिसकेको छ । र जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा नै नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न नगर्ने वर्तमान नेपाली क्रान्तिको क्रान्तिकारी कार्यनीतिको परिभाषित गरिएको छ । गत मंसीर ४ गते सम्पन्न गरिएको भनिएको तथा कथित दोश्रो संविधान सभा निर्वाचनमा आफ्नो सारतत्वमा र विशिष्टतामा बहिष्कार आन्दोलनलाई भव्यताका रुपमा सफल पार्न सफल भएको नेकपा -माओवादी वर्तमान नेपालको राजनीतिक अवस्थामा वैकल्पिक सामान्तर शक्तिको रुपमा स्थापित हुन पुगेको छ । यो शक्ति नेपाली नयाँ जनवादी क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति हो ।
बर्तमान मुलुकको राजनीतिक परिस्थितिः
र्वर्तमान नेपालको राजनीतिक शक्ति सन्तुलन स्पष्ट रुपमा दर्ुइ धु्रवमा विभाजित हुन पुगेको छ । नेपाली नयाँ जनवादी क्रान्तिको निर्णायक नेतृत्व गरिरहेको नेकपा -माओवादी र यसले नेतृत्व गर्दै आएको ३३ दलीय राजनीतिक मोर्चा र त्यसभन्दा बाहिर रहेका राष्ट्रवादी शक्तिहरू, देशभक्त, जनवादी तथा वामपन्थि शक्ति एवं प्रगतिशील जनसमुदायहरू पहिलो धु्रवमा रहेका छन् भने साम्राज्यवादी तथा विस्तारवादीहरूका दलाल र गोटी समेत बन्दै आएका नेपाली काँग्रेस, एमाले, एमाओवादी, मधेसीवादी दलहरू र सामन्तवादका अवशेषहरूको संयुक्त यथास्थितिवादी र एवं प्रतिक्रियावादीहरू दोश्रो धु्रवमा आवद्ध हुन पुगेका छन् । यस शक्तिले कथित दोश्रो संविधान सभामा दर्ुइ लाइनभन्दा बढी बहुमत प्राप्त गर्न सफल भएको छ ।
नेपालको राजनीतिको यो पछिल्लो कालखण्डमा लामो समयदेखि कायम रहँदै आएको संक्रमणकाल अब करीब समाप्त भइसकेको छ । नेपाली क्रान्तिका दुश्मन तथा अवसरवादीहरूद्वारा अपसमा अपवित्र गठबन्धन कायम गरि लोकतन्त्रको आवरणमा प्रतिक्रियावादी अधिनायकत्वलाई बलियो बनाउने र जनता तथा क्रान्तिकारी कम्युनिष्टहरूका विरुद्ध योजनाबद्ध रुपमा पेस हुने स्थिति बनिसकेको छ । आज भारतीय विस्तारवाद नेपालमा आफ्नो नव उपनिवेशलाई मजबुद पार्नका लागि अत्यन्तै योजनाबद्ध र नयाँ आयाममा प्रस्तुत भइरहेको छ । नेपालमा प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरू अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको निकृस्ट दलाल र गोटीमा परिणत भइसकेका छन् । यस प्रकारको गम्भीर परिस्थितिमा राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्न निकै गम्भीर बन्न गएको छ । यतिबेला महान नेपाली नयाँ जनवादी क्रान्तिको प्रहारको लक्ष्य बिस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेप र तिनको गोटी बनेर प्रस्तुत भएका नेपाली दलाल राजनीतिक शक्तिहरूका विरुद्ध संकेन्द्रित बन्न गएको छ । यही शक्तिलाई नै नेपाली नयाँ जनवादी क्रान्तिको प्रमुख प्रहारको निशाना बनाउनु पर्दछ ।
संविधान सभाको औचित्य समाप्तः
नेपालमा संविधान सभाको आवाज २००७ सालमा १०४ वर्षो निरंकुश तथा जहानिया राणा शासनको अन्त्य पश्चात उढ्दै आएको छ । यतिबेला संविधान सभाको आवाज नेपाली जनताको मुखबाट प्रचारमा ल्याइएको होइन, भारतीय विस्तारवादी शासकहरूबाट तत्कालीन राजावादीहरू, नेपाली काँग्रेस र अवशेषका रुपमा राणाहरू मार्फ संविधान सभाको आवाज नेपालमा भित्र्याइएको थियो र उनीहरूकै मुखबाट खुब प्रचार गर्न लगाइएको थियो । अन्तरिम विधान २००७ मा समेत संविधान सभाको प्रावधान राखिएको थियो र तत्कालिन राजा त्रिभुवनले समेत संविधान सभाको निर्वाचनबाट बनेको नागरिक सरकारलाई नयाँ सत्ता हस्तान्तरण गरिने छ भनेर घोषणा समेत गरेका थिए । तर पछि राजा र नेपाली काँग्रेसको गठबन्धनबाट तत्कालिन राजा महेन्द्रले २०१५ सालमा नेपाल अधिराज्यको संविधान जारी गरिसकेपछि संविधान सभाको आवाज ओझेलमा पर्न गएको थियो ।
२०५२ साल पछि नेकपा -माओवादी) ले जनयुद्ध संचालन गरिरहेको बेला तत्कालिन राजनीतिक संकटको समाधान गर्ने उद्देश्यले तत्कालिन नेकपा -माओवादी) ले संविधानलाई अन्तिम ‘बटमलाइन’ बनाएर तत्कालिन नेपाली काँग्रेसको सरकार र राजा ज्ञानेन्द्रले नेतृत्व गरेको निरंकुश एवं प्रतिक्रियावादी सरकारहरूसीत नेकपा -माओवादी) ले शान्ति वार्ताको थालनी गरेको थियो । तर तत्कालिन प्रतिक्रियावादी सरकारहरू र नेपाली काँग्रेस एवं एमाले लगायतका संसदवादी राजनीतिक दलहरू संविधान सभाप्रति सहमत हुन नसकेपछि माओवादी पुनः जनयुद्धमा फर्केको इतिहास ताजै छ । र त्यसपछि मुलुकलाई स.कटकालिन अवस्थाको घोषणा गरेर तत्कालिन शाही नेपाली सेना परिचालन गरेर स्वेत आतंक सृजना गरिएको नेकपा -माओवादी) का नेताका टाउकाको मूल्य तोकिएको र दशै हजार नेपाली आमाका आँटी तथा असल छोराछोरीहरूको नृशंस ढंगले हत्या गरिएको, हजारौ नेपाली नागरिकहरूलाई विपत्ता पारिएको, घाइते र अपाङ्ग तुल्याइएको कालो इतिहास पनि विश्वजनताका सामु त्यति पुरानो भइसकेको छैन, ताजै छ । तर तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ र २०६१ माघ १९ गते गरि मुलुकको राजकीय शक्तिको सम्पर्ूण्ा अधिकार आफ्नो हातमा लिइ बहुदलीय व्यवस्थामाथि प्रतिबन्ध लगाएर निरंकुश सत्ता संचालन गर्न पुगे पछि नेपाली काँग्रेस, एमाले लगायतका संसदवादी राजनीतिक दलहरू नदीको बगरमा बाढीले फ्याकेको मुढा झै नत काठ बन्ने, न त दाउरा नै बल्ने अवस्थामा पुगेको मूढो झै भएको अवस्था र अर्कोतिर नेकपा -माओवादी) ले २०६२ असोज – कार्तिकमा सम्पन्न चुनवाङ बैठकबाट जनयुद्धको कार्यदिशालाई परितयाग गरि लोकतान्त्रिक विरुद्ध सहकार्य गर्ने गरि २०६२ मंसीर ७ गते भारतको राजधानी नयाँ दिल्लीमा सात संसदवादी राजनीतिक दलहरू र तत्कालिन नेकपा -माओवादी) का बीचमा १२ बुँदे समझदारी कायम भएपश्चात संविधान सभा जनताको स्तरबाटै राष्ट्रिय एजेण्डाको रुपमा स्थापित हुन पुग्यो । र्सवविदितै कुरा हो यही १२ बुँदे समझदारीका आधारमा २०६३ साल मंसीर ५ गते तत्कालिन नेपाल सरकार र व्रि्रोही नेकपा -माओवादी) का बीचमा वृहत शान्ति सम्झौता सम्पन्न गरियो । २०६३ माघ १ गते २०४७ को पुरानो संविधानलाई खारेज गरेर अन्तरिम संविधान २०६३ जारी गरियो । त्यसै दिन पुरानो संसदलाई विघटन गरेर वा माओवादीको समेत सहमतिमा अन्तरिम व्यवस्थापिका संसदको स्थापना गरियो । २०६३ साल चैत्र १८ गते पहिलो पटक नेकपा -माओवादी- लाई संलग्न गराएर अन्तरिम संयुक्त सरकारको निर्माण गरियो । र २०६४ साल चैत्र २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न गराइयो । त्यसपछि २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले २४० वर्षो शाहबंसीय सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र नेापलको घोषणा गरियो । त्यस दिनदेखि नेपालले एउटा नयाँ युगमा प्रवेश गर्यो । तर महान १० वर्षो जनयुद्ध र २०६२/२०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनको म्याण्डेट र नेपाली जनताको भावना तथा चाहना र नेपाली जनताको नयाँ नेपाल निर्माणका सुन्दर सपनाहरूलाई समेत चकनाचुर पार्दै साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र ग्राण्ड डिजाइनमा एमाओवादी काँग्रेस, एमाले, मधेसी मोर्चा लगायतका यथास्थितिवादी एवं प्रतिक्रियावादीहरूको मिलेमतोमा २०६९ साल जेठ १४ गतेको मध्यरातमा संविधानसभाको अवसान गराइयो । नेपाली नयाँ जनवादी क्रान्तिलाई विथोल्ने उद्देश्यले रातारात संविधान सभाको अवसान गराइएको थियो । किनकि नेकपा माओवादीले जनयुद्धकै प्रक्रिया अन्तरगत रहेर संविधान सभालाई नेपाली क्रान्तिको कार्यदिशाको रुपमा उपयोग गर्ने नीति अघि सार्दै आएको थियो । र त्यही नीति अघि सार्दै आएको थियो । र त्यही नीति अनुरुप २०६४ सालको संविधान सभाको निर्वाचनमा भाग लियो र मुलुककै सबैभन्दा ठूलो दलको रुपमा संविधानसभामा उपस्थित हुन सफल भयो । माओवादी २०६५ साल मंसीरमा खरिपाटी राष्ट्रिय कार्यकर्ता भेलाबाट संविधान सभाबाट सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्ने निर्ण्र्ाागर्यो २०६७ मंसीरमा सम्पन्न पालुङटार प्लेन्मबाट पनि एकीकृत माओवादीले संविधानसभाबाट सामन्तवाद तथा साम्राज्यवाद विरोधीसार तत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्न पार्टी पहलकदमी लिने, यदि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूबाट यस कार्यमा षड्यन्त्र भएमा जनव्रि्रोह मार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने कार्यनीतिक कार्यदिशाको म्यान्डेट प्रदान गर्यो । त्यसपछि माघ बसेको एमाओवादीको केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरेको थियो । माओवादीको त्यस निर्ण्र्ााे देशी विदेशी प्रतिक्रियावादी क्याम्पमा एक प्रकारको तरंग पैदा गरिदिएको थियो । तर दश वर्षो जनयुद्धको नेतृत्व समेत गरेर आएको एकीकृत नेकपा -माओवादी) को मुख्य नेतृत्व अर्थात प्रचण्ड बाबुरामले पार्टीीे आधिकारिक कार्यलाई परित्याग गरि ‘शान्ति र संविधान’ नाम दिइएको बुर्जुवा सुधारवादी एवं संसदीय पूँजीवादी कार्यदिशा पक्ड्दै प्रतिक्रियावादी क्याम्पमा सामेल हुन पुगेपछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूलाई षड्यन्त्रपूण्ा ढंगले रातारात संविधान सभाको विघटन गर्न र गराउन सजिलो भएको थियो ।
नेपालमा भारतीय विस्तारवादी शक्ति तथा अमेरिकी साम्राज्यवाद लगायतका साम्राज्यवादी शक्ति केन्द्रहरूको चलखेल, षड्यन्त्र, हस्तक्षेप एवं नवऔपनिवेशिक उत्पीडन विगत देखि नै तीव्र रुपमा बढ्दै आएको विदितै छ । उनीहरूले नेपाली नयाँ जनवादी क्रान्तिलाई ध्वस्त पार्नका लागि जनयुद्धको उत्कर्षाल देखि अर्थात् २०६२ मंसीर ७ गते १२ बुँदे समझदारी तथा विस्तृत शान्ति सम्झौता हुँदै अहिलेसम्म आउँदा अनेकौ षड्यन्त्रमुलक गुरुयोजना तथा डिजाइन तयार पार्दै आएका छन् । उनीहरूद्वारा नवसंशोधनवादीहरूलाई नेतृत्वको प्रलोभन दिएर क्यान्टोन्मेन्ट भित्रको जनमुक्ति सेनालाई नेपाली सेनाद्वारा कब्जा गर्न लगाई विघटन गर्न लगाई, हतियार प्रतिक्रियावादी सरकारलाई बुझाउन लगाइयो । संविधान सभा भंग गर्न र खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय सरकार बनाई दोश्रो संविधान सभाको कथित निर्वाचन गर्न लगाइयो । गत साल २०६९, फाल्गुन ३० गते राती र चैत्र १ गते चार दलीय सिण्डिकेट र राष्ट्रपतिद्वारा गरिएको अन्तरीम संविधानको संशोधन, बहालवाला प्रधानन्यायधिशको नेतृत्वमा निर्दलीय सरकारको गठन दोश्रो संविधान सभाको निर्वाचनको नौटंकी लगायतका परिघटनाहरू यसै चलखेल र हस्तक्षेप र नवऔपनिवेशिक उत्पीडनमा आधारित रहेका छन् । यसैको परिणाम स्वरुप दोश्रो संविधान सभाबाट राष्ट्रिय स्वाधिनता, वर्गीयता, पहिचान सहितको संघीयता, महिला तथा दलित मुक्ति आदिका पक्षधरहरूलाई किनारामा पारियो । यसरी आज वैदेशिक प्रतिक्रियावादी शक्ति र तिनका दलालहरूको षड्यन्त्र तथा गुरुयोजना सफल बनाउने ध्रस्टता गरिएको छ । र कथित दोश्रो संविधान सभामा तिनै साम्राज्यवादी तथा विस्तारवादीहरूको गोटी बन्दै आएका दलाल तथा प्रतिक्रियावादी राजनीतिक शक्तिहरूको दुइ तिहाइ भन्दा बढि बहुमत प्राप्त भइसकेको अवस्थामा जनताको संविधान बन्ने कुरै भएन र जनविरोधी राष्ट्रविरोधी तथा पश्चगामी एवं प्रतिक्रियावादी चरित्र बोकेको संविधान बन्ने निश्चित भइसकेको छ ।
यसरी संविधान सभामा पश्चगामी तथा प्रतिक्रियावादी शक्तिको उपस्थिति दर्ुइतिहाइ भन्दा बढि भइसकेको यस परिस्थितिमा अब संविधान सभा स्पष्ट देखिने गरि हामी क्रान्तिकारी माओवादीसहित आन्दोलनकारी शक्तिको हातबाट खोसिन पुगेको छ र यसरी प्रतिक्रान्ति मौलाइ रहेको अवस्थामा अव संविधान सभाबाट जनताको संविधान बन्नै नसक्ने कुरा सुस्पष्ट भइसकेको र संविधान स्वरुप नै प्रतिगामी बन्न गइरहेकोले अवसंविधान सभाको औचित्य पनि समाप्त हुन पुगेको छ । यस्तो परिस्थितिमा राष्ट्रिय स्वाधिनताको रक्षा, जनताको स्थापना र जनजीविकाका समस्या झनै गम्भीर तथा जटिल बन्दै जाने कुरा निश्चित छ । तर पश्चगामी तथा यथास्थितिवादीहरूले भने निश्चितै रुपमा संविधान सभा मार्फ संवैधानिक संकट समाधान भएको भन्दै आत्मरती गर्न खोज्ने र जनतालाई पुनः अलमल्याउने प्रयत्न गर्ने छन् । तर देशमा झनै भयावह संकट र अन्तरविरोध चर्कदै जाने कुरा निश्चित छ । यस्तो अवस्थामा हाम्रो सामु यिनै स.कट र अन्तरविरोधका बीचबाट क्रान्तिको तयारीको दिशामा दृढतापूवक अगाडि बढ्नुको विकल्प छैन । किनकि अब संविधान सभाबाट जनताको संविधान निर्माण गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने भन्ने कुरा असफल हुन पुगेको छ । र संविधान सभाबाट जनताको संविधान क्रान्तिकारीहरू सफल हुँदैनन् भन्ने कुरा पनि स्पष्टै हुन पुगेको छ ।
संविधानमा मजदुर र किसानहरूको स्पष्ट पहुँच नपुग्ने भएकाले संविधान सभाबाट जनता संविधान बन्न सक्तैन भन्ने संश्लेषण यहाँ पनि पुष्टि हुन आएको छ । पहिलो संविधान सभामा पनि मजदुर र किसानहरूको आवश्यक पहुँच भएकै कारण देशी विदेशी प्रतिक्रियावादीहरू संविधान बन्नै नदिएर बीचमै अवसान बनाउन सफल भए भने अब फेरी पनि संविधान सभामा मजदुर र किसानहरूको पहुँच पुग्ने कुने सम्भावना छैन । लेनिनले अर्को के पनि संश्लेषण गर्नु भएको छ भने माथि सत्तामा र्सवहारावर्गको कब्जा हुने र तल जनता हतियारले सुसज्जित भएको अवस्थामा मात्र संविधान सभाबाट जनताको संविधान बन्न सक्छु भन्नुभएको छ । तर नेपालमा त्यसको कुनै पनि सम्भावना नरहेको अवस्थामा जनताको संविधान बन्ने कुरै भएन र नेपालमा संविधानबाट जनताको संविधान बन्ने कुरा अब सदाकै लागि बन्चित भइसकेको छ भन्ने कुरालाई महसुस गर्न आवश्यक छ र अब हामी माओवादी क्रान्तिकारीहरू संविधान सभाको लाइनलाई त्यागेर क्रान्तिको तयारी गर्ने दिशातिर अगाडि बढ्नुको विकल्प छैन ।
नेपाली कम्युनिष्टहरूको कम्जोर सैद्धान्तिक धरातलः
क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीे अपरिहार्य आवश्यकता पर्दछ । यो मार्क्सवाद लेनिनवाद माओवादको र्सार्वभौम नियम हो । यस विषयमा लेनिन र माओले प्रयाप्त मात्रामा संश्लेषण गर्नुभएको छ । र्सवविदितै कुरा हो, नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा छ । यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन दर्ुइ विष्परित धु्रवमा विभाजित हुन पुगेको छ । पहिलो धु्रव हो दक्षिणपन्थि संशोधनवादी एवं आधुनिकसंशोधनवादी र नवसंशोधनवादी जसको प्रतिनिधित्व एमाले एमाओवादीहरूले गरिरहेका छन् । दोश्रो धु्रव हो क्रान्तकारी मार्क्सवादी – लेनिनवादी – माओवादी धु्रज जसको प्रतिनिधित्व हाम्रो पार्टीेकपा – माओवादीले गरिरहेको छ ।
पहिलो धु्रवको यहाँ कुनै चर्चा गर्न आवश्यक छैन, जहासम्म दोश्रो धु्रव हो जुन क्रान्तिकारी छ त्यसको बारेमा केही चर्चा गर्नैपर्ने हुन्छ । नेकपा – माओवादी वर्तमान नेपाली कम्युनिष्ट आन्दोलन भित्रको क्रान्तिकारी धारा हो । नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्ने दायित्व पनि यही पार्टर्ीीे काँधमा इतिहासले सुम्पिदिएको छ । तर यसै पार्टर्ीीत्र पनि सैद्धान्तिक धरातल ज्यादै कमजोर छ । वैचारिक राजनतिक धरातल कमजोर भएकै कारणले पार्टर्ीीत्र अवसरवादले प्रवेश गर्ने मौका पायो । गुट उपगुट निमाण भइरहने वातावरण निर्माण आयो र संशोधनवादले मौलाउने मौका पाएर नै नेपाली कम्युनिष्ट आन्दोलन विभाजन हुन पुगेको हो र अहिले सम्म पनि यो आन्दोलन विभाजित अवस्थामै छ ।
नेपाली कम्युनिष्ट आन्दोलन भित्रको सबैभन्दा खतरनाक प्रवृत्ति भनेको रैथाने प्रवृत्ति हो । रैथाने प्रवृत्ति प्रगति र परिवर्तनको बाधक हुन्छ । रैथाने चिन्तन प्रवृत्ति सामन्ती अधिनायकवादी चिन्तन प्रवृत्ति अन्तरगत पर्दछ । आफूलाई पुरानो हुँ, म नै क्रान्तिकारी हुँ भन्ने र अन्यलाई क्रान्तिकारी देख्न नसक्ने जुन प्रवृत्ति र चिन्तन नेपाली कम्युनिष्ट आन्दोलन भित्र मौलाउँदै र झाँगिदै आएकोछ, यो नै रैथाने चिन्तन प्रवृत्ति हो । यस प्रवृत्तिले पनि दार्शनिक रुपमै नेपाली कम्युनिष्टहरूको सैद्धान्तिक धरातललाई कमजोर तुल्याउने काम गरेको छ ।
नेपाली कम्युनिष्टहरूको सैद्धान्तिक धरातल कमजोर हुनुको पछाडि धेरै कारणहरू विद्यमान रहनु स्वभाविक छ । तर यसका मुख्य कारणहरूमा सैद्धान्तिक दार्शनिक पक्षको गहिरो अध्ययनको कमी, सिद्धान्तलाई व्यवस्थामा र जीवनदर्शनको रुपमा ग्रहण गर्न नसक्ने र जीवन व्यवहारमा लागु गर्न नसक्ने मात्रै होयन कि त्यसो गर्न प्रयत्न नै नगरेर टपरटुइँया तालमै नेता बनि हाल्ने प्रवृत्ति । नेतृत्वहरूमा पुगेका नेताहरूले पनि आफूलाई समय र परिस्थिति बमोजिम परिवर्तन गर्न नसक्ने पार्टर्ीीभत्र दार्शनिक, सैद्धान्तिक, वैचारिक र व्यवहार सम्बन्धी नियमित र वैज्ञानिक ढंगले स्कूलीङ्गको व्यवस्था नगर्ने, नगराउने प्रवृत्ति । विना त्याग, विना बलिदान, विना लगानी, विना अध्ययन र सैद्धान्तिक स्तर र सामाजिक ओजविना नेतृत्वमा पुग्ने र पुर्याउने प्रवृत्ति, आफूलाई र्सवहाराकरण गर्न पनि नसक्ने र अरुले गरेको सहन नसक्ने प्रवृत्ति, यी सबैको निचोड के हो पेटिबुर्जुवा चिन्तन अर्थात् निम्न पूँजीवादी चिन्तनको हावी केन्द्रदेखि स्थानीय तहसम्म जमेर बस्नु र त्यसलाई नेतृत्वले सुद्धिकरण र सृद्धिकरणको माध्यमबाट निकारण गर्न नचाहने प्रवृत्ति । पार्टीभत्र पद, प्रतिष्ठा र पैसाको मानसिकताको विकास गराउँदै लैजानु र जस्तासुकै व्यक्तिहरू पनि विविधकारणले नेतृत्वमा पुग्ने र पुर्याइने जुन प्रवृत्ति हावी रहँदै आएको हुँ यी कारणहरूले गर्दा नै नेपाली कम्युनिष्टहरूको सैद्धान्तिक धरातल कम्जोर रहँदै आएको छ । यो नेपाली क्रान्तिका निम्ति ज्याँदै बाधकको रुपमा खडा हुँदै आएको छ । यो पनि नेपाली कम्युनिष्ट आन्दोलन भित्रको ज्यादै गलत प्रवृत्ति हो ।
संस्थापक महासचिव कमरेड पुष्कमल बाहेक अन्य महासचिवहरू सैद्धान्तिक धरातल कमजोर भएकै कारण दक्षिणपन्थि संशोधनवादमा पतन हुन पुगेका छन् । पहिलो महासचिव मनमोहन अधिकारी र दोश्रो महासचिव डा. केशरजंग रायमाझी दरवारीया बनेर पतन भए भने तेश्रो, महासचिव तुलसीलाल अमात्य पनि संशोधनवादी बन्न पुगे । चौमका प्रथम महासचिव मोहन विक्रम सिंह पनि जडसूत्रीय संशोधनवादको भाषमा डुब्न पुगे भने एमालेका पर्ूव महासचिव मदन कुमार भण्डारी पनि जनताको बहुदलीय जनवाद जस्तो ख्रश्चोमी आधुनिक संशोधनवादलाई नेपालमा भित्र्याएर संशोधनवादको कलंकको टिका लगाउन पुगे । दश वर्षो जनयुद्धको नेतृत्व समेत गर्दै आएका र प्रचण्ड पथको पगरी समेत घुताइएका एकीकृत नेकपा -माओवादी) को अध्यष पुष्पकमल दाहाल प्रचण्ड नवसंशोधनवादमा पतन हुन पुगेर सिँगै पार्टीई प्रतिक्रियावादीहरूको कित्तामा सामेल गराउन पछि परेनन् । हामीले नवसंशोधनवादसीद सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीेकप – माओवादी गठन गर्यो र कमरेड मोहन वैद्य किरणलाई पार्टीीध्यक्ष बनाउँदै आएका छौं । हाम्रो पार्टीेतृत्व क्रान्तिकारीहरूको सामूहीक नेतृत्व प्रणाली अन्तरगत निर्माण गरेका छौं र त्यसै अनुरुप संचालन पनि भइरहेको छ । यस नेतृत्वको समग्र पक्षको मूल्यांकन गर्ने बेला आएको छैन । यो नेतृत्व परीक्षाकै घडीमा छ ।
सोभियत रुसमा भी.आई. लेनिनको नेतृत्वमा चीनतमा माओको नेतृत्वमा, भीयतनाममा हो चिमिन्हको नेतृत्वमा क्यूवामा फिडेल क्रयाएगो र चेग्वेमाराको नेतृत्वमा संचालित कम्युनिष्ट भीत्र सैद्धान्तिक धरातल निकै खारिएकै कारणले ती ती देशहरूमा क्रान्ति सम्पन्न गर्न निकै ठूलो सहयोग पुगेको थियो । तर हाम्रो नेपाली कम्युनिष्ट भित्रको सैद्धान्तिक धरातल ज्याँदै कमजोर रहँदै आएको कारण नेपाली क्रान्ति सम्पन्न गर्ने महान यात्रामा यसले ठूलो बाधा, अवरोध खडा गर्दै आएको यथार्थता कतैबाट पनि लुकेको छैन । यसबाट शिक्षा लिएर हामीले पार्टीभत्रको सैद्धान्तिक धरातललाई माथि उठाउन अति जरुरी छ ।
नेपाली नयाँ जनवादी क्रान्तिमा युवाहरूको दायित्वः
मानव समाजको विकासर परिवर्तनमा जहाँकहीँ पनि युवाहरूले अतुलनीय सहयोग गरेको योगदान र बलिदान गरेको इतिहास छ । चाहेर् इ. पू. ७३ वर्षपूव रोमन दास स्पाटांकसले गरेको दास व्रि्रोह होस, चाहे युरोपको पुनर्जागरण र सामन्तवाद विरोधी पूँजीवादी क्रान्ति हो, चाहें १ अक्टुबर १९४९ मा सम्पन्न महान चीनिया नयाँ जनवादी क्रान्ति होस्, चाहे भियतनामी, क्यूवाली लगायतका विश्वका अनेकन देशहरूमा सम्पन्न गरिएका जनक्रान्ति एवं समाजवादी क्रान्तिहरूमा युवाहरूले नै अत्यन्तै महत्वपर्ण् योगदान र बलिदान गरेको इतिहास छ । साथै हाम्रो मुलुक नेपालकै सर्न्दर्भमा हेर्ने हो भने १०४ वर्षो जहानीया तथा निरंकुश राणा शासनलाई अन्त्य गर्ने सवालमा युवाहरू नै अग्रपंक्तिमा थिए । वि.सं. १९९७ का महान चार जना शासन विरोधी शहीदहरू युवा नै थिए । २००७ सालको जनक्रान्ति होस्, २०३५ – ३६ को देशव्यापी विद्यार्थी आन्दोलन होस्, चाहे २०४७ को ३० वर्षो निर्दलीय तथा तानाशाही पञ्चायाती व्यवस्था विरोधी आन्दोलन होस्, चाहे २०६२/०६३ को ऐतिहासिक जन आन्दोलनहरूमा नेपाली युवाहरूले नै अतुलनीय योगदान र बलिदान गरेको इतिहास हामीले भूलेको छैनौं ।
त्यति मात्र होइन २०५२ साल फाल्गुन १ गतेदेखि नेकपा -माओवादी) द्वारा संचालन गरिएको महान जनयुद्धमा सैयौं मात्र होइन, हजारौं मात्र होइन, लाखौं नेपाली युवा युवतीहरू सामेल भएका थिए । नेपालको वामपन्थि आन्दोलनमा उक्त महान दश वर्षो जनयुद्धमा पहिलो पल्ट ग्रामीण इलाकाका गाउँ र बस्तीहरूका लागि किसान युवा युवतीहरू जनयुद्धमा लामवद्ध भएका थिए । नेपाली धरतीलाई मात्र होइन विश्वरंगमञ्चलाई नै एक परक नराम्रो झगझक्याउने गरि संचालन हुन पुगेको त्यस महान जनयुद्धमा लाखौं लाख युवा पंक्तिको नै महत्वपूण् भूमिका रहेको थियो ।
इतिहास साक्षी छ, सन् १९७६ सेप्टेम्बर ९ तारिखमा चीनमा माओत्सेतुङको मृत्युपछि विश्वमै सबैभन्दा शक्तिशाली र वैज्ञानिक विचार एवं हात भएको जनमुक्ति सेना नेपालको जुन ऐतिहासिक रुपमा निर्माण हुन पुग्यो, त्यसमा हजारौ नेपाली युवा युवतीहरू नै भर्ना भएका थिए र बहादुरिपूण् लडाइ लडेका थिए र देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको मुटुमा ढ्याङ्ग्रो ढोकाएका थिए । विश्वका प्रतिक्रियावादीहरूलाई थर्कमान हुने गरि सञ्चालन गरिएको महान दश वर्षो जनयुद्धमा जनमुक्ति सेना नेपालले गरेको योगदान र बलिदान २० औं शताब्दिको अन्तय र २१ औं शताब्दिको पहिलो दशकमा जुन अंकीत हुन पुग्यो, त्यो विश्वक्रान्तिकै एक नमूना बन्न पुग्नुमा जनमुक्ति सेना नेपालको ठूलो योगदान रहेको छ ।
प्रकृति विज्ञानतर्फा महान वैज्ञानिकहरूको बारेमा अध्ययन गर्ने हो भने ती सबैले करीव ४० वर्षन्दा मुनि कै उमेरमा ठूला ठूला वैज्ञानिक खोज अनुसन्धान गरेको पाइन्छ । त्यस्तै साम्यवादका प्रवर्तक कार्लमार्क्स र प|mेडरिक एंगेल्सले विश्वविख्यात कम्युनिष्ट घोषणा पत्र जारी गर्ने क्रममा मार्क्स ३० वर्षा थिए भने एंगेल्स २८ वर्षा थिए । अतः सामाजिक परिवर्तन र विकास हो वा वैज्ञानिक खोज अनुसन्धानहरू पनि युवा अवस्थामै सम्पन्न गरिएको पाइन्छ । त्यसो भएर हरक्षेत्रमा युवाहरूको भूमिका महत्वपूण् हुने कुरामा दुइमत छैन ।
युवाहरूको दायित्वको बारेमा चर्चा गरिरहेको अवस्थामा यहाँ हामी विश्व र्सवहारावर्गका महान नेता तथा चिनीया कम्युनिष्ट पार्टी शिक्षाध्यक्ष कमरेड माओत्सेतुङले नोभेम्बर १७, १९५७ मा मास्कोमा चीनीया विद्यार्थी र तालिमेहहरूको सभामा दिएको प्रवचनमा बोलेका कुराहरूलाई स्मरण गर्न उपयुक्त नै हुनेछ – “संसार तिमीहरूको हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरूकै हो -शक्ति र चेतनापूण् तिमी युवाहरू विहान आठ नौ बजेको र्सूय झैं जीवनको फक्रदो बेलामा छौं । हाम्रो आशा तिमीहरूमै रहेको छ । संसार तिमीहरूको हातमा छ । चीनको भविष्य तिमीहरूकै हातमा छ ।” माओका यि भनाइहरू ज्यादै मननयोग्य रहेका छन् । अतः नेपाली नयाँ जनवादी क्रान्तिमा नेपालीयुवाहरूमा कति योगदान रहन्छ भन्ने कुरामा यहाँ उल्लेख गर्नै गाह्रो छ । तर वास्तविकता के हो युवाहरूको सहभागिता र बलिदान विना नेपाली नयाँ जनवादी क्रान्तिको विजय सम्भव छैन ।
क्रान्तिमा युवाहरूलाई कसरी सामेल गर्ने – कसरी उनीहरूलाई परिचालन, उपयोग र परिचालन गर्ने भन्ने कुरा क्रान्तिको नेतृतव गरिरहेको कम्युनिष्टमा र त्यसको नेतृत्वमा निर्भर रहने गर्दछ । पार्टी नेतृत्व सही लाइनमा , क्रान्तिका लक्ष्य र उद्देश्यहरू सही ढंगले निक्र्योल गरेको छ र क्रान्ति प्रति व्यक्तिको प्रतिबद्ध र कोठबद्ध छ र विश्वासिलो र भरपर्दो छ – भन्ने कुराले नै युवाहरूलाई क्रान्तिमा सामेल गराउने र उपयोग गर्ने कुरा हुन्छ । युवाहरूलाई परिचालन गर्ने सवालमा विविध प्रकारका चुनौतिका सवालहरू पनि तयतिकै जटिल बन्ने गरेको पाइन्छ । युवाहरूले क्रान्तिमा ठूलो सहयोग, योगदान र बलिदान गरेका पनि हुन्छन् भने त्यही पार्टीे नेतृत्वले प्रति क्रान्तिकारी बाटो अंगालेर क्रान्तिप्रती, जनताप्रति समेत गद्धाारी गरेको अवस्थामा त्यही प्रतिक्रान्तिकारी गद्धारहरूलाई सहयोग गर्ने उसलाई जोगाउने र क्रान्तिकारी एवं सिंगो क्रान्तिलाई नै धाराशाही पार्ने अत्यन्तै खतरनाक कार्यमा पनि एक पटक क्रान्ति र क्रान्तिकारी नेतृत्वलाई सहयोग र योगदान गर्दै आएका युवाहरूले अर्को पटक तिनै प्रतिक्रान्तिकारी गद्धारहरूलाई सहयोग गर्ने उसलाई बचाउने र टिकाउने र क्रान्तिकारीछ, क्रान्तिकारी नेतृत्व र सिंगो क्रान्तिलाई तहस नहस र धाराशाही पार्ने गद्धारीपूण् कार्यमा सहयोग पुर्याएको विश्वभर हाम्रै देशका पनि अत्यन्तै तितो र विडम्बनापर्ूण्ा परिघटनाहरू घटाइएका उदाहरणहरू पनि छन् । नेपालकै सर्न्दर्भमा कुरा गर्नुपर्दा महान १० वर्षो जनयुद्धको प्रक्रियामा सामेल भएर क्रान्तिका निम्ति महत्वपर्ूण्ा योगदान दिँदै आएका माओवादी क्रान्तिकारी युवा युवतीहरू महान १० वर्षो जनयुद्धको नेतृत्व समेत गर्दै आएका एमाओवादी अध्यक्ष प्रचण्ड बाबुरामले प्रतिक्रान्तिको बाटो समातेर महान नेपाली क्रान्ति र जनताप्रति गम्भीर प्रकारको धोका दिँदै गद्धारी गरेर देशिविदेशी प्रतिक्रियावादी कित्तामा सामेल हुँदै महान नेपाली क्रान्तिप्रति गम्भीर प्रकारको गद्धारी गरिरहेको अवस्थामा तिनै प्रतिक्रान्तिकारी गद्धारहरू र उनीहरूकै पार्टीीई बचाउन र हुकाउन तिनै युवाहरूले ठूलो सहयोग गरिरहेको अवस्था अहिले नेपालको चालु वामपन्थि आन्दोलनमा ताजै छ ।
हामीले महान नेपाली नयाँ क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्ने उद्देश्यले नवसंशोधनवादी समूहसीत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीीेकपा – माओवादीको निर्माण गरेको २० महिना भएको छ भने सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर जनयुद्धको जगमा जनव्रि्रोहको वर्तमान नेपाली क्रान्तिको क्रान्तिकारी कार्यदिशा पारित गरेको आज एक वर्षपार गरिसकेको छ । र जनयुद्ध जगमा जनव्रि्रोह मार्फ महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न हामी प्रतिबद्ध र संकल्पबद्ध छौं । इतिहासले हामीलाई महान नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने जुन ऐतिहासिक अभिभारा सुम्पेको छ, यो अभिभारा पूरा गर्नका निम्ति ठूलो संख्यामा जनशक्तिको आवश्यकता पर्दछ । त्यो जनशक्ति भनेको युवा शक्ति नै । नेपाली समाजमा तमामखाले युवा शक्ति विद्यमान् छन् । ती सबै प्रकारका युवाशक्तिलाई यहाँ नेपाली क्रान्तिका सर्न्दर्भ भन्न खोजिएको होइन । यहाँ स्पष्ट रुपमा इंकित गर्न खोजेको मुख्य कुरा के हो सचेत युवा शक्तिलाई भन्न खोजिएको हो । मार्क्सवाद लेनिनवाद माओवादले लैस भएका महान नेपाली नयाँ जनवादी क्रान्तिप्रति आस्थावान र समर्पित हुन चाहिने र अहिले अभि पार्टींक्ति, जनवर्गीय संगठनहरू र मोर्चा संगठनमा स्वदेशमा तथा भारत प्रवास र विदेशमा समेत क्रियाशील भइरहेका सचेत र वैज्ञानिक दिमाग र हात भएका युवाहरूलाई भन्न खोजिएको हो । वास्तविकता पनि यही नै ।
नेपाली क्रान्तिकारी युवा जनशक्तिलाई क्रान्तिमा सामेल बनाउन, क्रियाशील बनाउनका निम्ति विविध प्रकारका चुनौतीहरू हाम्रा सामु विद्यमान छ । जस्तो कि पहिलो हो महान दश वर्षो जनयुद्धको नेतृत्व गरेर आएको मुख्य नेतृत्व अर्थात् पुष्पकमल प्रचण्ड बाबुराम नवसंशोधनवादमा पतन भई साम्राज्यवादी तथा विस्तारवादीहरूका सामु लम्पसार परेर आत्मर्समर्पण गर्दै नेपाली क्रान्ति र नेपाली जनता धोका दिँदै गम्भीर प्रकारको गद्धारी गरेर महान नेपाली क्रान्तिलाई बीच बाटोमै फ्याकेर भागेको मात्र होइन प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगेर प्रतिक्रान्तिलाई मलजल र सेवा गरिरहेको हुनाले अहिले हामीले निर्माण गरेको पार्टीीेतृत्व प्रति त्यति विश्वस्त छैन र भोली हालको नेतृत्वले पनि प्रचण्ड बाबुरामहरूले दिए जस्तै धोका दिने र गद्धारी गर्ने होइन भन्ने आशंका गरिरहेको छ, यस विषयबाट युवा शक्तिलाई विश्वस्त र आश्वस्त तुल्याउने चुनौती ।
युवा शक्तिलाई क्रियाशील बनाएर क्रान्तिमा लगाउने सवालमा दोश्रो चुनौती हो अध्ययनको कमी । अध्ययन चिन्तन मनन नगर्ने प्रवृत्ति, थोरै जानेर धेरै जानेको ठान्ने प्रवृत्ति । विद्यमान नेपाली समाजमा विद्यमान रहेको कुसंस्कार र कुलतमा फस्ने संस्कृति बढि महत्वकांक्षी प्रवृत्ति । नेतृत्व प्रति चाकडी, च्याप्लुसी र दलाली गरेर व्यक्तिगत स्वार्थपूर्ति गर्न चाहने प्रवृत्ति ।
तेश्रो प्रवृत्ति हो, सामुहिक जीवन बिताउने, कष्टसाध्य कार्य गर्न मननपराउने, बस विदेशतिर पलायन हुने आदि ।
त्यस्तै चौथो प्रवृत्ति हो कुनै न कुनै निश्चित संगठनमा संगठीत हुने, पद्धति र अनुशासनमा बस्ने, आलोचना आत्मालोचना गर्न नडराउने, पार्टी आफू आवद्ध रहेका संगठनले खटाएको जिम्मेवारीलाई इमान्दारीपूवक पूरा गर्ने जस्ता कम्युनिष्ट पार्टी पद्धति, आदर्श र मान्यताहरूलाई पालना गर्न नचाहने र नसक्ने प्रवृत्ति ।
पाँचौं प्रवृत्ति हो, गहन अध्ययन, कठोर परिश्रम, लगानी, लामो अनुभव, सीप र कार्यकुशलताको हासिल, आवश्यकताले भन्दा पनि विविध प्रकारको माध्यमबाट छिटै नेतृत्वमा पुग्न चाहना टपुरटुइँया र भुइँफुट्टा प्रवृत्ति ।
यी र यस्तै प्कारका गलत प्रवृत्तिहरू युवा समुदायमा स्वभावैले प्रकट हुने र मौलाउने गर्दछन् । यी प्रकारका गलत प्रवृत्तिहरूलाई लामो वैचारिक सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण र स्कूलिङ्ग गरेर पार्टर्ीीेतृत्वले युवा समुदायलाई क्रान्तिप्रति आस्थावान, निष्ठावान् बनाउन सिपालु नहुनुका कमजोरीहरू हुन् भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । क्रान्तिको नेतृत्व गरिरहेको पार्टर्ीीेतृत्वले यस विषयमा गम्भीर भएर सोच्ने समस्या समाधान गर्ने दिशातिर अग्रसर भएर नै आम युवाहरूलाई क्रान्तिमा होम्न सकिन्छ ।
युवा शक्ति भनेको क्रान्तिको विजयको लागि सबैभन्दा भरपर्दो बलियो शक्तिले यसलाई वैज्ञानिक ढंगले समायोजन गरेर पार्टी क्रान्तिप्रति आवद्ध गर्न पार्टीेतृत्व सक्षम र सिपालु बन्नै पर्दछ । दोश्रो कुरा के हो भने युवाहरूले आफूलाई वैचारिक राजनीतिक एवं सैद्धान्तिक तथा सांगठनीक रुपले प्रशिक्षित र परिपक्व तुल्याउँदै पार्टीे नेतृत्व सम्हाल्ने आट र योजनाका साथ आफूलाई विकास गर्न सिपालु बन्नै पर्ने हुन्छ । किनकि विज्ञान कै नियम हो । एक पटक निर्माण गरिएको नेतृत्व सधै स्थिर रहन सक्तैन । नेतृत्व पुस्ताहस्तान्तरण गर्नै पर्ने हुन्छ । त्यसलाई सम्हाल्न सक्ने गरि भावी युवा पुस्ताले पनि आफूलाई तयार पार्दै लैजानु अपरिहार्य अनिवार्य हुन्छ । यो पनि क्रान्तिकै रितसीत जोडिएको विषय हो । क्रान्तिको यो द्वन्द्ववादलाई हामी सबै क्रान्तिकारी कम्युनिष्टहरूले गहीराइका साथ हृदयगमन गर्न जरुरी छ ।
क्रान्तिका लागि नेतृत्वको प्रश्नः –
क्रान्तिका लागि नेतृत्वको प्रश्न ज्यादै महत्वपूण्ा प्रश्न हो । क्रान्तिकारी र अनुभवसिद्ध नेतृत्व बिना क्रान्ति असंभव छ । साथै क्रान्तिका लागि प्रतिभाशाली नेताहरूको पनि आवश्यक हुन्छ । यस विषयमा लेनिनले अगाडि भन्नुहुन्छ, – ‘प्रतिभाशाली नेताहरूको अभावमा आधुनिक समाजमा कुनै पनि वर्गले दृढताका साथ संर्घष्ा गर्न सक्तैन ।’ लेनिनको यो भनाई ज्यादै मननयोग्य छ ।
क्रान्तिका क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीे आपरिहार्य आवश्यकता पर्दछ । यो भनाई लेनिन माओले भनेका कुरा हुन् । हामी क्रान्तिकारी माओवादीहरूले यो तथ्यलाई आत्मसात गर्दै र लागू गर्दै आएका छौँ त्यसो भएर त नै हामीले मार्क्सवाद लेनिनवाद माओवाद जस्तो क्रान्तिकारी सिद्धान्तलाई पार्टी पदप्रदर्शक सिद्धान्त र मार्गदर्शक सिद्धान्त मान्दै आएका छौँ । मार्क्सवाद लेनिनवाद माओवादलाई ग्रहण नगरिकन कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन । जहासभ्य नेतृत्वको प्रश्न छ । क्रान्तिकारी कम्युष्टि पार्टी पार्टीीविचार र नेतृत्वमा द्वान्द्वात्मक अन्तरसम्बन्ध कायम रहेको हुन्छ । यो विना पार्टी क्रान्ति सम्पन्न गर्न सक्तैन । एक पटक क्रान्तिकारी बनेको नेतृत्व सधै क्रान्तिकारी बनी रहन संभव हुँदैन । पार्टीेतृत्व भित्र सुद्धिकरण, सुदृढीकरण र क्रान्तिकारी रुपान्तरण आवश्यक पर्दछ । क्रान्तिकारी नेतृत्व वर्गसंर्घष्ाको वीचबाट र जनताको बीचबाटमात्र जन्मन्छ ।
इतिहाँसमा नेताहरूको भूमिका महत्वपर्ूण्ा हुन्छ, अर्थात् इतिहाँसमा नेताहरूको जन्म आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक सम्बन्धको बीचबाट हुन्छ । लेनिन भन्नुहुन्छ – “रवाटिएकका र प्रतिभाशाली नेताहरू – – प्रतिभाशाली मानिसहरू सचकडौको संख्यामा जन्मिदैनन्) जसलाई आफ्ना कामकेा पुरै प्रशिक्षा मिलेको होस् जुन लामो अनुभव प्राप्त गरिसकेका होऊन् र पर्ूण्ा सहयोग एवं तालमेलका साथ काम गर्ने होऊन् – का अभावमा आधुनिक समाजमा कुनै पनि वर्गले दृढताका साथ संर्घष्ा गर्न सक्तैन । यहाँ लेनिनले नेतृत्वको महत्वमाथि राम्रो प्रकाश पार्नु भएको छ । साथै नेता भनेको के हो – र यसको जन-सुमदायसँग के सम्बन्ध छ – भन्ने विषयमा लेनिन पुनः भन्नु हुन्छ, – “आम रुपमा र अधिकतम स्थानहरूमा कम्तिमा पनि आधुनिक सभ्य देशहरूमा वर्गहरूको नेतृत्व राजनीतिक पार्टी गर्दैछन् । राजनीतिक पार्टीको सञ्चालन प्रायः तिनका सबैभन्दा अधिक मान्य प्रभावशाली र अनुभवि सदस्यहरूका कमबेसी स्थायी समूह गर्दैछन्, जसलाई पार्टीे सबैभन्दा जिम्मेवार पदहरूमा चुनिन्छ । जसलाई नेता भनिन्छ ।” यहाँ वर्ग राजनीतिक पार्टी नेतृत्वका बीचको सम्बन्धलाई राम्रोसँग प्रस्तुत गरिएको छ । लेनिनका यी भनाइहरूबाट क्रान्तिका लागि नेतृत्व अनिवार्य रुपले आवश्यक हुने र नेताहरू वर्ग विशेष वा जनसमुदायबाट जन्मने नथा तिनीहरूको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी अुनभवि तथा आधिकारिक सदस्य हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।
यहाँनेर हामीले बुझ्नै पर्ने कुरा के हो – भने नेताहरू प्रतिगामी र क्रान्तिकारी दुवै प्रकारका हुन्छन् । साथै ती सही र गलत दुवै प्रकारका हुन्छन् । जहाँसम्म कम्युनिष्ट आन्दोलनमा नेताहरूको स्थितिको प्रश्न हो त्यसमा क्रान्तिकारी तथा अवसरवादी दुवै ढंगका नेताहर हुन्छन् । क्रान्तिकारीहरूले अवसरवादी नेताहरूको विरोध तथा भण्डाफोर गर्ने र क्रान्तिकारी नेताहरूको सम्मान तथा स्थापनाा गर्ने जरुरी हुन्छ ।
माओले जनतालाई इतिहाँसको निर्माता बताउँदै आउनु भएको छ । साथै माओले नेतृत्व र जनसमुदायका बीच अभिन्न सम्बन्ध हुनु पर्ने कुरामाथि प्रकाश पार्दै जनदिशाको मान्यता विकसित तुल्याउनुभएको छ । नेतृत्वको कामको आधारभूत तरिका कस्तो हुनु पर्छ त – भन्ने विषयमा माओले अगाडि भन्नुहुन्छ – जनसमुदायका विचारहरू ग्रहण गर्ने तिनलाई एकत्रित गर्नु र तिनको सार खिच्नु, त्यसपछि जनसमुदाको माझामा जानु, ती विचारमा अडिग रहनु र तिनलाई कार्यान्वयन गर्नु, जसबाट नेतृत्वका सही विचारहरू निर्माण गर्न सकियोस् – नेतृत्वको आधारभूत तरिका यस्तो छ । “माओद्वारा विकसित जनदिशाको मुल मर्म सही नै हो । क्रान्तिकारी कम्यूनिष्ट पार्टी आफ्ना विचारलाई विकसित तुल्याउन, सही कार्यदिशा र नीति तथा योजनाको निर्माणका लागि जनताबाट लिएर जनतालाई दिने मान्यता अर्थात् जनदिशाको विशेष महत्व छ । यहाँनेर मनन् गर्न योग्य कुरा के छ भने यस प्रकारको जनदिशाको महत्व विचारधारा एवं कार्यदिशाका दृष्टिले मात्र होइन सांगठनिक सिद्धान्त तथा कार्यशैली र ज्ञानको सिद्धान्तका दृष्टिले पनि विशिष्ट स्थान रहन गएको छ ।
सिंगो क्रान्तिको अनुभवको आधारमा के कुरा स्पष्ट भएको छ भने क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी पार्टी क्रान्तिकारी नेतृत्वविना क्रान्ति सम्भव छ्रैन । त्यसैले हामीले क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारीलाई मात्रै ध्यान दिएर पुग्दैन । क्रान्तिकारी नेतृत्व प्रति पनि त्यत्तिकै ध्यान पुर्याउन आवश्यक हुन्छ ।
उपसंहारः-
नेपाली नयाँ जनवादी क्रान्तिको प्रमुख जग भनेकै महान् दश वर्ष जनयुद्ध हो । त्यसकै जगमा टेकर मात्र महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिने छ । तर दश वर्षो जनयुद्धको मुख्य नेतृत्व गरेर आएको माओवादीको एउटा हिस्सा नव संशोधनवादमा पतन हुन पुग्यो र उसले साम्राज्यवादी तथा विस्तारवादीहरूका सामु लमपसार परेर आत्मर्समण गर्दै प्रतिक्रियावादी कित्तामा सामेल हुन पुग्यो उसले दश वर्षो जनयुद्धको प्रक्रिया अर्न्तर्गत निर्माण गरिएका नेपाली क्रान्तिका आधार इलाकाहरू, जनसत्ता र जनअदालतहरू, जनकम्युन र जनसरकारहरू विघटन गरायो । जनयुक्ति सेनालाई नेपाली सेनाद्वारा कब्जा गर्न लगाएर विघटन गरायो । हतियार प्रतिक्रियावादी सत्तालाई बुझायो । महान् १० वर्ष जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको म्याण्डेट र जनताको भावना तथा चहाना बमोजिमको जनताको संविधान बनाउने कार्यलाई बीचबाटामै फ्याकेर साम्राज्यवादी एवं विस्तारवादीहरूको निर्देशन र ग्राण्ड डिजाइनमा संविधानसभालाई रातारात अवसान गराउन पुग्यो । समग्रमा भन्नुपदर्ला त्यस समूहले नेपाली क्रान्ति र नेपाल जनतालाई धोका दिदैँ गंभीर प्रकारको शहदारी समेत गरेर नेपाली क्रान्तिको झण्डालाई बीचबाटोमै फ्याकेर भागे पछिछ नेपाली क्रान्तिको मैदान खाली हुन पुग्यो र नेपाली क्रान्तिका कार्यमारहरू अधुरै हरन गए । अतः नेपाली नयाँ जनवादी क्रान्तिका कार्यमार पूरा गर्ने महान् उद्देश्यका साथ हामीले २० महिना पहिले नवसंशोधनवादी समुहसिताा सम्बन्ध विच्छेद गरेर नया ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीेकपा-माओवादीको गठन गर्न बाध्य भयौँ । र १ वर्षपहिले मात्र पार्टी सातांै राष्ट्रिय महाधिवेशनबाट जनयुद्धको जगमा जनव्रि्रोहको नयाँ जनवादी क्रान्तिको कार्यदिशा पारित गरि सकेका थियौं । र गत मंसिर २३-२९ गते बसेको पार्टीे तेस्रो पूण् बैठकले त्यस कार्यदिशालाई थप परिभार्जन गरि नयाँ जनवादी क्रान्तिको तयारीलाई तीब्रता दिने निर्ण्र्ागरिसकेको अवस्था छ ।
यतिले मात्र सिंगो नयाँ जनवादी क्रान्तिको तयारीको पूरा हुँदैन । त्यसमा क्रान्तिकारी विचारलाई अझै परिस्कृत गर्दै जाने, क्रान्तिकारी विचारलाई जीवनव्यवहारमा प्रयोग गर्दै अगाडि बढ्ने, अझ पार्टींक्ति र विशेष गरि युवा समुदायलाई विश्वासयोग्य ढंगले क्रान्तिको यस महत्वकार्यमा सरिक बनाउने र समर्पित समेत बनाएर लैजाने पार्टीेतृत्वलाई क्रान्तिकारी बनाई राख्ने, पार्टी जनताबीचको अन्तरसम्बन्धलाइ अझ घनिभूत बनाउँदै लैजानु पर्ने, पार्टीाहिरका क्रान्तिकारी कम्युनिष्टहरूलाई एकताबद्ध तुल्याएर उनीहरूको समेत नेतृत्व गर्ने फौजी कामको तयरीको जनमुक्ति सेना नेपालको निर्माणको कार्यलाई उचित ध्यान दिने र क्रान्तिको निम्ति वर्गीय तथा राजनीतिक संयुक्त मोर्चा निर्माण र परिचालनको विषयलाई गंभीरतापूवक ध्यान पुर्याउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको सरिक ढंगले विश्लेषण गर्दै प्रतिक्रियावादीहरूबीचको अन्तराविरोधहरूलाई उपयोग गर्दै राष्ट्रियता, जनवाद, जनजीविका, जनतन्त्र लगायत जनसरोकार विषयहरूलाई सूचीकृत र मूर्तिकृत गरि सशक्त जनआन्दोलनको उठान गर्दै र भीषण वर्ग सङ्र्घष्ा सञ्चालनका आवश्यक तयारीको कार्यलाई ध्यनमा राखेर हामीले क्रान्तिका लागि जुन सात तयारी गर्ने भन्ने निर्ण्र्ाागरेका छौँ । ती निर्ण्रारूलाई क्रियान्वयन गर्ने गराउने कार्यलाई तीब्रताका साथ अगाडि बढाउने जस्ता क्रान्तिको विजयका लागि हाम्रो सामु अहम महत्वका विषयहरू चुनौतितिर र अवसर दुवै रुपले खडा हुन पुगेका हुन् । यसका सामना गर्न र विजय हाँसिल गर्न हामीले माथि उल्लेखित कामहरूलाई गंभीरतापूवक ध्यान दिन सक्यौँ र उचित तानमेला मिलाएर अगाडि बढ्नेे आँट गर्यौँ भन्ने हामीले साँच्ची नै विजय प्राप्त गर्न सक्छौँ भन्ने सवालमा यो लेखले महत्वपूण् सहयोग पुर्याउने छ भन्ने विश्वास गरिन्छ ।
– मनमैजु – ८ , काठमाण्डौ ।