उपत्यकामा ढल प्रशोधन केन्द्र बनाइने

२०७० चैत्र १३ गते, बिहीबार

काठमाडौ, १३चैत्र । सहरी विकास मन्त्रालयले उपत्यकाका ५ स्थानमा ढल प्रशोधन केन्द्र बनाउने तयारी गरेको छ । सन् २०१८ सम्ममा ती केन्द्र निर्माण गरिसक्ने योजना छ ।मन्त्रालयका अनुसार ललितपुर धोबीघाटमा २ करोड ९ लाख, बालकुमारीस्थित कोडकुमा ७० लाख, गोकर्णमा ७ लाख, भक्तपुर सल्लाघारीमा ९० लाख र गुह्येश्वरीमा १ करोड ७४ लाख लिटर क्षमताका केन्द्र निर्माण गरिनेछ । ढल बग्ने नदी किनारका नाला, प्रशोधन केन्द्र र पुराना प्रणालीमा सुधार गर्ने योजना छ । एसियाली विकास बैंक (एडीबी) को अनुदानमा सञ्चालित ‘आयोजना तयारी प्राविधिक सहयोग’ ले यससम्बन्धी प्रतिवेदन बुझाएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक अनिलभद्र खनालका अनुसार केन्द्रसम्बन्धी प्राविधिक काम भइरहेको छ । ‘उपत्यकाका नदी सफा राख्ने एकमात्र उत्तम विकल्प प्रशोधन केन्द्र हो,’ उनले भने ।खनालका अनुसार प्रशोधन केन्द्रका लागि गोकर्णमा ० दशमलव ९२५, गुह्येश्वरीमा ५ र धोबीघाटमा ३० दशमलव ४ हेक्टर जग्गा छुट्याइएको छ । आयोजनाका लागि १३ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ । एडीबीले ८ अर्ब ऋण, अन्तर्राष्ट्रिय साझेदारीका लागि ओपेक कोष (ओएफआईडी) को डेढ अर्ब ऋण र ३ करोड अनुदान दिनेछन् । सरकारले ४ अर्ब विनियोजन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु