सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुला

काठमाडौँ। सगरमाथा जलविद्युत कम्पनीको आईपीओ सर्बसाधारणको लागि बिक्री खुला भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ।
बाँकी रहेको सेयमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन्। यस आईपीओमा लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा चैत २२ गतेसम्म आवेदन दिन पाउने छन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।