तिरुवा विकास प्रतिष्ठानको दोस्रो राष्ट्रिय भेला बैशाख १५ र १६ गते

२०७९ चैत्र २५ गते, शनिबार


काठमाडौँ । नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानले आगामी बैशाख १५ र १६ गते दोस्रो राष्ट्रिय भेला गर्ने जनाएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सहविर वि.के.तिरुवाले विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन्। अध्यक्ष सहविर वि.के.तिरुवाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ – ‘देश विदेशमा छरिएर रहेका तिरुवा जाती /बन्धुहरुको साझा संगठन नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान केन्द्रीय समितिको मिति २०७९ चैत्र १५ गते हरिसिद्धि ललितपुरमा बसेको बैठकले २०८ ० बैशाख १५ र १६ गते दोस्रो राष्ट्रिय भेला बाँके जिल्लाको नेपालगंजमा गर्ने भन्ने निर्णय गरेको हुदाँ सवैलाई जानकारीका लागि यो बिज्ञप्ती जारी गरिएको छ। साथै यो भेला तिरुवा जातीको ईतिहासमा पहिलो पटक बंशावली प्रकाशनका लागि संकलीत सूचनाहरुद्धारा तयार गरिएको तिरुवा जातीको बंशावली पुस्तक २०८०, प्रगति प्रतिवेदनहरु, भावी योजनाहरु लगाएत विविध एजेण्डाहरु भेलामा छलफल गरि अनुमोदनका लागि “राष्ट्रिय भेला २०८०” भेला हलमा पेश गरि निर्णय तथा टुङ्गो लगाउन पर्ने भएको हुदा, देश विदेशका स्थानीय भुगोलहरुबाट तिरुवा बन्धुहरुको भौतिक वा नैतिकरुपमा अनिवार्य प्रतिनिधित्व गर्न गराउन हुन हार्दिक अनुरोध सहित निमन्त्रणा गर्दछौं ।
प्रतिष्ठानको “राष्ट्रिय भेला २०८०” लाई थप व्यवस्थीत गरि सफल पार्नका लागि प्रतिष्ठानसंग सम्वन्धीत सबै तहका वर्तमान र निवर्तमान सदस्यहरु ज्यूलाई समेटी तपसिल बमोजिमका विभिन्न समितिहरु गठन गरि परिचालन गरिएको हदां सो अनुसार गर्न गराउनहुन यसै विज्ञप्ती मार्फत सवैलाई अनुरोध गर्दछौं ।’



प्रतिक्रियाहरु

[anycomment]