‘संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषय होइन’

२०७९ चैत्र २७ गते, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएक हुन् । उनले संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्ने बताउदै माओवादी जनयुद्धकालीन केही नेताहरु नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरु माओवादीमा फर्किन सकारात्मक रहेको बताए । उन्ले कम्युनिष्टहरुमा व्यवहार र सिद्धान्त बिर्सिने रोग रहेकोसमेत बताए ।

उपाध्यक्ष महराले पूर्वमाओवादीहरुबीच सके पार्टी एकता र नसके कार्यगत एकता हुनुपर्ने कुरामा आफूले जोड दिइरहेको बताउदै समाजवादी मोर्चा बनाउने आफ्नो उद्देश्य सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रियाहरु

[anycomment]