मलेसियामा कार्यरत कामदारको विषयमा छलफल
काठमाडौ, १७चैत – प्रवासी नेपाली समन्वय समितिले मलेसियामा कार्यरत कामदारको समस्याका विषयमा छलफल गरेको छ ।
राजधानी क्वालालुम्पुरको कोतारायाको हलमा भएको कार्यक्रममा नेपालीहरु विदेशमा पलायन हुनुको कारण, जेलमा रहेका नेपालीहरुको अवस्था लगायतका विषयमा छलफल भएको थियो ।
त्यसैगरी बिदेशमा बेपत्ता भएका नेपालीको परिवारको अबस्थाका बारेमा बनाइएको बृतचित्र पनि प्रदर्शन गरिएको थियो ।कार्यक्रममा नेपाली दूतावासका द्धितीय सचिव अरुण महत, गैर आवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष विश्व राई, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र नेपाली श्रमिकहरु सहभागी भएका प्रवासी नेपाली समन्वय समितिका संयोजक रामचन्द्र नेपालले बताए ।