अखिल(क्रान्तिकारी) शंकरदेव क्याम्पस समितिको अध्यक्षमा समिर थापा

२०७९ चैत्र २९ गते, बुधबार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) शंकरदेव क्याम्पस इकाई कमिटीको अध्यक्षमा शङ्कर थापा चयन भएका छन। संगठनको बुधबार सम्पन्न ८ औं सम्मेलनद्वारा इकाई समिति अध्यक्षमा समिर थापा,उपाध्यक्षमा रफ्तार सन्जेल , सचीव टेकराज तिम्सिना , सहसचिव कमल विष्ट , कोषाध्यक्ष पुष्करराज ओझा सहित २५ सदस्यीय इकाई कमिटी निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा प्रमुख अतिथिको रुपमा शुभकामना तथा बधाई मन्तव्य राख्दै संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले देशमा अहिले दलाल संसदीय व्यवस्थाका कारण हरेक क्षेत्रमा संकट उत्पन्न भएकाले युवा विद्यार्थीहरु देश निर्माण गर्न एकीकृत जनक्रान्तीमा गोलबद्द भएर बैज्ञानिक समाजवाद स्थापना गर्ने बाटोमा लाग्नु पर्ने आवश्यकता रहेको बताए।
प्यानल प्रस्ताव शुभकामना बधाई दिदै संगठनका सचिवालय सदस्य तथा त्रि वि व्यूरो इन्चार्ज अनिलले दलाल संसदीय व्यवस्थाबाट समान ,सर्वसुलभ ,बैज्ञानिक ,जीवनउपयोगी शिक्षा प्राप्त गर्न नसिकिने भएकाले बैज्ञानिक समाजवाद स्थापना गर्न एक हुनुपर्ने भन्दै बताए ।बैज्ञानिक समाजवाद बाट मात्र आमूल रुपान्तरण हुने अनिल को भनाइ थियो। शुभकामना दिदै अनिल ले शंकरदेव क्याम्पस लाई कमिटी लाई नमुना कमिटी बनाउन लागि पर्न अनुरोध गरे। उनले विद्यार्थीका समस्यामा सधै नजिक रहेर सेवा गर्न निर्बाचित इकाई कमितिलाई सुझाव दिए। इकाई समितिको ८ औं सम्मेलनमा संगठनका महासचिव ललित ,केन्द्रीय सचिवालय सदस्य तथा संगठनकै केन्द्रीय छात्रा विभाग प्रमुख तारा ,संगठनक केन्द्रीय सचिवालय सदस्य तथा त्रि वि व्यूरो इन्चार्ज अनिल ,क्याम्पस जिल्ला संयोजक सुवास ,संगठनका पशुपति क्याम्पस इकाई अध्यक्ष चिरायु,आर आर क्याम्पस अध्यक्ष जगदिस, पद्मकन्या क्याम्पस अध्यक्ष प्रजिना,सरस्वती क्याम्पसबाट स्ववियुमा निर्वाचित सदस्य बजिर लगायतको आतिथ्यता रहेको थियो। – अनिल केसी

प्रतिक्रियाहरु

[anycomment]