बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु

२०८० बैशाख १२ गते, मंगलवार


काठमाडौ । बंगलादेशमा चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ । बिहानको समयमा भारी वर्षासहित चट्याङ पर्दा २ घण्टाको अवधिमा ९ जनाको मृत्यु भएको हो ।सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा मेघगर्जनसहित भारी वर्षा भएपछि चट्याङ परेको हो । मृत्यु हुनेमा खेतबारीमा काम गरिरहेका किसानहरु रहेका छन् । मौसम परिवर्तनसँगै हुने वर्षा र चट्याङका कारण दक्षिण एशियाली मुलुकहरुमा सयौं मानिसकाे मृत्यु हुने गरेको छ । जलवायु परिवर्तनको असर झेलिरहेका विश्वका गरीब देशहरु मध्ये बंगलादेश पनि एक हो । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार

गोलभेडा प्रति किलो ७०० !

२०८२ कार्तिक ५ गते, मंगलवार

विपिन जोशीको शव नेपाल ल्याइँदै

२०८२ कार्तिक ४ गते, सोमबार

पोर्चुगलमा नेपाली युवक बेपत्ता

२०८२ कार्तिक ३ गते, आईतवार