पार्टी एकताको संभावना छैन : गौरब
काठमाडौ, २० चैत ।नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल गौरबले एकीकृत नेकपा माओवादीसँग पार्टी एकता नहुने बताएका छन् ।नेकपा–माओवादी म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै गौरबले एकीकृत माओवादीसँग कार्यगत एकता भएपनि पार्टी एकता भने नहुने स्पष्ट पारे ।
उपाध्यक्ष गौरबलेएमाओवादी आफ्नो पार्टीसँग आड लागेर अस्तित्वमा रहेको बताउँदै भने ‘तत्काल पार्टी एकता हुनेवाला छैन’ । एमाओवादी अहिले आएर सबैतिरबाट अप्ठ्यारोमा परेको भन्दै गौरबले थपे ‘एमाओवादीसँग कुनैपनि हालतमा पार्टी एकता हुँदैन’ ।सरकारले जनयुद्धकालका मुद्दाहरु व्यूँताएर दुवै माओवादीलाई सिध्याउन खोजेको बताए । जनयुद्धकालका मुद्दालाई टुङ्गो लगाउनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गर्न, स्थानीय निकायको चुनाव हुन नदिन कार्यगत एकता भएको गौरबले स्पष्ट पारे । गत मंसिरमा सम्पन्न चुनावलाई उपाध्यक्ष गजुरेलले दलहरुले नौटंकी गरेको संज्ञा दिँदै यसबाट जनताको संविधान नबन्ने बताए ।