पूर्वाञ्चल विश्वविद्यालयका अधिकारीलाई कारबाहीको माग
काठमाडौ, २० चैत ।पूर्वाञ्चल विश्वविद्यालय सुधार अभियानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विश्वविद्यालयका गलत काम गर्ने अधिकारीहरुलाई कारवाही गर्न माग गरेको छ । साथै विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न माग गरिएको छ ।विश्वविद्यालयमा व्याप्त भ्रष्टाचार, अनियमितता र अनैतिक क्रियाकलाप संलग्नलाई कारवाही गर्नुपर्ने माग गरिएको हो ।
अभियानका संयोजक महेश रेग्मीले विश्वविद्यालय ‘कार्यकारी परिषद्’का पदाधिकारीहरुको बीचमा कुनै सहकार्य हुन नसक्दा लामो समयदेखि विश्वविद्यालयको दैनिकीमा नै नकारात्मक प्रभाव परेको बताए ।सभासद् चन्द्र गुरुङले विश्वविद्यालयमा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नहुने बताए ।
अभियानले प्रधानमन्त्री सुशील कोइराला, शिक्षामन्त्री चित्रलेखा यादव र सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाललाई भेटेर आफ्नो समस्या राखिसकेको बताएको छ ।