मजदुर किसान पार्टीको महाधिवेशन आजदेखि

२०७० चैत्र २१ गते, शुक्रबार


काठमाडौँ ,२१ चैत। ‘समाजवादी गणतन्त्र, कामदार वर्गको प्रजातन्त्र’ भन्ने नाराका साथ नेपाल मजदुर किसान पार्टीको छैठौ महाधिवेशन सुरु हुँदै छ ।
अधिवशेनको पहिलो दिन शुक्रवार राजधानीको खुल्ला मञ्चमा उद्घाटन कार्यक्रम हुने छ । त्यसअघि विहान भक्तपुरदेखि खुलामञ्चसम्म विशाल र्‍याली प्रर्दशन गरिनेछ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसहितको नेतृत्वमा सुरु हुने र्‍यालीमा भक्तपुरको चर्चित साँस्कृत नृत्यहरूमध्ये लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, लाखे नाच, देवी नाच, भैरब नाच र बादर नाच समेत प्रर्दशन गरिने भएको छ ।
उद्घाटन कार्यक्रमलाई पार्टी अध्यक्ष नारायणमान विजुक्छेसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । माक्र्सवाद-लेनिनवाद र माओ त्सेतुङको विचारधारालाई मार्गनिर्देशक सिद्धान्तका रुपमा अङ्गिकार गर्दै नेमकिपाको छैटाैँ महाधिवेशन आगामी २३ गते सकिने छ ।महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको विधानसमेत संशोधन गर्नेछ । पार्टी सचिव प्रजापतिका अनुसार महाधिवेशनमा ५० जिल्लाका ३५० जना प्रतिनिधि एवम् पर्यवेशक्षक सहभागी हुनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु