एन्फाको आगामी बजेट पारित

२०८० बैशाख २६ गते, मंगलवार


काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । एन्फाले सो बजेट पारितसहित थप ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ।
एन्फा कम्प्लेक्समा बसेको बैठकले स्थानिय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लव सञ्चालन गर्ने निर्णय लिएको एन्फाले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु