डोनाल्ड ट्रम्पलाई ५० लाख अमेरिकी डलर जरिवाना

२०८० बैशाख २७ गते, बुधबार


काठमाडौँ । अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर जरिवाना तोकेको छ । ट्रम्पमाथि सन् १९९० मा एक महिला लेखिकामाथि यौन शोषण गरेको आरोप लागेको थियो । ट्रम्पले भने आफूमाथि लागेको आरोप हास्यास्पद र नाटकीय ढंगबाट गरिएको एक प्रपन्चको रुपमा ब्याख्या गर्दै आफू निर्दोष रहेको बताउँदै आएका थिए । केरौल नामका महिलाले गत वर्षको अक्टोबर महिनामा सामाजिक सञ्जालमा ९० को दशकमा आफूमाथि ट्रम्पले यौन शोषण गरेको खुलासा गरेपछि ट्रम्पमाथि छानबिन सुरू भएको हो । ट्रम्प विरुद्ध ती लेखिका बाहेक अन्य दुई महिलाले पनि यौन शोषणको आरोप लगाएको थियो । उनीहरूले सन् १९७९ र २००५ मा आफूहरूमाथि यौन शोषण गरेको आरोप लगाएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]