महिला अधिकारको मुख्य बाधक दलाल पुँजीवादी व्यवस्था

२०८० बैशाख २७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलवान सीले महिला अधिकारको मुख्य बाधक दलाल पुँजीवादी व्यवस्था भएको बताएका छन। अखिल नेपाल महिला संघ क्रान्तिकारी कालिकोटको आठौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता बलवान सीले दलाल व्यवस्था कारणले गाउँगाउँमा लघु वित्तीय सहकारी संस्थाले पूरै महिलाहरूलाई आत्महत्या गाउँ र घर नै छोड्नु पर्ने अवस्थाको सृजना गरेको बताउदै कयौँ महिलाहरू आफ्नो देश छोडेर विदेशीनु पर्ने अवस्था आएको भन्दै उनले त्यस्ता लघु वित्तीय सहकारी र यो दलाल व्यवस्थाका विरुद्ध लाग्न अपिल गरे । सम्पुर्ण महिला संगठनहरूले आफ्नो पालिका र गाउँ टोलमा एक संगठन र एक उत्पादन अनिवार्य गर्नु पर्ने बताए ।
उक्त बैठकमा केन्द्रीय प्रतिनिधि सदस्य तथा कालिकोट जिल्ला सेक्रेटरी साहसी सी, रास्कोट नगरपालिका इन्चार्ज निर्देशन सी, कर्णाली राष्ट्रिय मोर्चाकी केन्द्रीय सदस्य छाया सीको उपस्थिति रहेको थियोे । बैठकको अध्यक्षता नविना सीले गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]