बुधबारे हटियाका व्यवसायीलाई विस्थापित गरे प्रतिवाद

२०८० बैशाख २८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले बिर्तामोड स्थित बुधबारे हटिया ( देवि हाट) मा १० औं बर्ष देखि राज्यलाई कर तिरेर व्यवसाय गर्दै आएका करिब ७२ जना व्यवसायीहरुलाई विस्थापित गर्ने गरी विर्तामोड नगरपालिकाले डोजर लगाउने तयारी गरेको बिषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। नेकपा झापा इन्चार्ज प्रशान्त सी र सेक्रेटरी संजय सी ले एक प्रेस बिज्ञप्ती जारी गर्दै ब्यावसायीलाई विस्थापित गर्ने कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन ।
बिज्ञप्तीमा त्यस स्थानमा बिर्तामोड नगरपालिकाले बहुतले भवन बनाउने नाममा बिचौलिया र ठेकेदारको मिलेमतोमा कमिशनको खेल रहेको र यस्तो काममा संलग्न नहुन प्रहरी र स्थानीय प्रशासनलाई अनुरोध समेत गरिएको छ भने जबर्जस्त गरिए पीडित व्यवसायीको नेतृत्व गर्दै सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ।

प्रतिक्रियाहरु

[anycomment]