नेपाली कांग्रेस, नेकपा एमालेलगायत ८२ वटा राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, नेकपा एस लगायत ८२ वटा दललाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगका अनुसार ति दलले लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाएको भएपनि सार्वजनिक नगरेकोले ७ दिन भित्र प्रतिवेदन सार्वजनिक गरि सार्वजनिक गरेको विवरणआयोगमा जानकारी गराउन निर्देशन दिईएको हो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।
