पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश

२०८० बैशाख २९ गते, शुक्रबार


काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी भएको फैसला गर्दै रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले इमरान खानलाई इस्लामावाद उच्च अदालत जान भनेको छ । खानले अब उच्च अदालतले जे निर्णय गर्छ त्यो स्वीकार गर्नुपर्छ । भ्रष्टाचारको मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो । उनका वकिलहरूले सर्वोच्च अदालतमा खानको गिरफ्तारी अवैध भएको भन्दै अफिल दायर गरेका हुन् । इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र हिंसात्मक झडपको शृंखला सुरु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]