एयर इन्डियालाई ३६ हजार अमेरिकी डलर जरिवाना

२०८० बैशाख ३० गते, शनिबार


काठमाडौँ । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले ‘एयर इन्डिया’ लाई ३६ हजार ४ सय ९६ अमेरिकी डलर जरिवाना गरेको छ । भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लघंन गरेको पाइएपछि जरिवाना गरिएको हो । डीजीसीएका अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गत फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो । डीजीसीएले पाइलटको लाइसेन्स ३ महिनाका लागि निलम्बन गरेको छ । उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेश जारी गरेको थियो । अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लघंन गरेकोमा दोषी ठहर गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]