पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध जिल्ला अदालत काठमाडौँले शुक्रवार पक्राउ अनुमति जारी गरेको जनाइएको छ । भुटानी शरणार्थी नाममा नेपालीहरुलाई अमेरिका पठाइदिने भन्दै राजनीतिक एवं प्रशासनिक शक्तिको दुरुपयोग गरेको आरोपमा पूर्व गृहमन्त्री, पूर्व गृहसचिव लगायत व्यक्तिहरु पक्राउ परिरहेका छन् । यस प्रकरणमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक पनि मुछिएका हुन् । यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, खाँणका निजी सचिव नरेन्द्र केसी र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलगायत १२ जना थुनामा छन् ।