मन्थली माध्यामिक विद्यालयलाई ज्यादती रोक्न चेतावनी

काठमाडौँ । अखिल क्रान्तिकारी रामेछापले मन्धली माध्यामिक विद्यालयलाई ज्यादती तत्काल रोक्न चेतावनी दिएको छ। सो संगठनका इन्चार्ज तथा संयोजक प्रशुराम सी ले मंगलवार बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।
संयोजक प्रशुराम सी ले बिज्ञप्तिमार्फत संविधान र कानुनविरुद्ध गई गरिब विद्यार्थीहरुको जिवन बर्बाद पार्ने गलत कदमलाई यथासिग्र सच्याई पूर्ण रुपले सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क र सहजरुपमा पठनपाठन गर्ने वातावरण मिलाउन सम्बन्धित विद्यालय प्रशासन, स्थानिय निकाय, जिल्ला प्रशासन र शिक्षा मन्त्रालय गम्भीर बन्न ध्यानाकर्षण गराउँदै अन्यथा विद्यार्थीको शैक्षिक हक र अधिकार प्राप्तिका लागि हाम्रो संगठन जस्तोसुकै संघर्ष गर्न तयार रहने र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवार स्वयम सम्बन्धित विद्यालय प्रशासनले लिनुपर्ने चेतावनी समेत दिएका छन ।
