एनएफपीजेद्वारा प्रधानमन्त्री प्रचण्डलाई ७ बुँदे ज्ञापनपत्र

२०८० जेष्ठ ३ गते, बुधबार


काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)का अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई टी ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्रहालयका लागि जग्गा भवन उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । त्यस्तै, ‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण पत्रकारहरूको बिमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गरी फोटो पत्रकारहरूलाई पनि योगदानको आधारमा राष्ट्रले सम्मान गरोस्’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, फोटो पत्रकारहरूलाई व्यावसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिकरूपमा बजेट नियमित उपलब्ध गराउन र समयअनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डलेले फोटो पत्रकारहरूका माग जायज भएको बताउँदै माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउदै भने – मागहरू जायज रहेका छन् त्यति ठूला र गर्न नसकिने माग छैनन् यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु। ‘

प्रतिक्रियाहरु

[anycomment]