लगानीकर्ताद्वारा प्रधानमन्त्री प्रचण्डलाई ६ बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले प्रधानमन्त्री प्रचण्ड समक्ष नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन्।
यस्तै, लगानीकर्ताले १२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिन, सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्नुपर्ने मागसमेत राखेका छन्।

